कुलमानको कार्यकाल थप्ने प्रस्ताव मन्त्रिपरिषद्मा गएको छैन : उर्जा मन्त्रालय

९ भदौ, काठमाडौँ ।
उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङलाई थप चार वर्षका लागि नियुक्ति गर्ने बारे कुनै प्रस्ताव नगरिएको बताएको छ ।

Advertisement

आज मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको भन्ने समाचारहरु समाजिक सञ्जालमा आए पछि मन्त्रालयका उच्च अधिकारीले मन्त्रालयले विद्युत प्राधिकरणको कार्यकारी प्रमुखका लागि कुनै प्रस्ताव नगेको बताएका हुन ।

ती अधिकारीले भने– प्रस्ताव नगएको अबस्थामा प्रधानमन्त्रीले सिधै प्रस्ताव ल्याएर निर्णय हुन सक्छ तर त्यस्तो संभावना देखिदैन । बालुवाटार स्रोतले पनि आजको क्याविनेटमा सो एजेण्डा नभएको बताएको छ ।

Advertisement

यता सामाजिक सञ्जालमा भने कुलमान घिसिङलाई थप चार वर्षका लागि सरकारले नियुक्त गरेको भनेर  बधाईको ओईरो लागेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top