×

NEPAL TIMES UPDATES

Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026

त्रिविको स्थगित परीक्षा असोजभित्रै हुने

१० भाद्र २०७७

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका नै बन्द हुने भएपछि त्यसलाई सहज बनाउने उद्देश्यले जुनसुकै विकल्पबाट पनि परीक्षा लिने तयारीमा विश्वविद्यालय पुगेको हो ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्राडा डिल्लीराज शर्माले स्थगित परीक्षा लिने विषयमा आफूहरू अन्तिम निर्णयमा पुगेको जानकारी दिनुभयो । खासगरी स्नातकोत्तर तहका सेमेस्टरमा केही विषय परीक्षा दिएका र केही बाँकी रहेका विद्यार्थीको हकमा निकास निकाल्ने निर्णय विश्वविद्यालयका पदाधिकारी तथा डिनहरूको बैठकले गरेको छ ।

Advertisement
Advertisement

व्यवस्थापन सङ्कायको स्नातकोत्तर तहको चौथो सेमेस्टरमा विद्यार्थीले दुई विषयको परीक्षा दिएका थिए भने दुई विषय बाँकी थियो । यो अवस्थामा विद्यार्थीको परीक्षा रोकिँदा शैक्षिक सत्र बिग्रनुका साथै माथिल्लो अध्ययनमा समेत अवरोध हुने भएपछि बाटो खोल्ने तयारी भएको हो । धेरै विद्यार्थीले आफ्नो भविष्य डामाडोल भएको र थप करियर बन्द भएको गुनासो गरेपछि विकल्प खोल्ने दबाब विश्वविद्यालयका पदाधकिारीलाई परेको थियो ।

वैकल्पिक विधि तय गरिँदै
अहिलेकै अवस्थामा विद्यार्थीको लिखित परीक्षा गर्न नसकिने निष्कर्षमा विश्वविद्यालयका पदाधिकारीहरू पुगेका छन् । व्यवस्थापन सङ्कायका डिन शर्माले लिखित सम्भव नभएको अवस्थामा विद्यार्थीको व्यक्तिगत उपस्थिति या भर्चुअल विधिबाट परीक्षा गरी निकास निकालिने जानकारी दिनुभयो । यसमा निर्णय लिन विश्वविद्यालय तथा डिन कार्यालय स्वतन्त्र रहेको जनाइएको छ । परीक्षा लिन बाँकी विषयका हकमा भर्चुअल विधिबाट परीक्षा लिन विश्वविद्यालयका पदाधिकारीलाई सुझाव प्राप्त भएको छ ।

विद्यार्थी खोज्न सुरु
विश्वविद्यालयले परीक्षा स्थगित भएपछि सम्पर्कविहीन भएका विद्यार्थीको खोजी सुरु गर्ने भएको छ । विद्यार्थीको खोजीपछि बल्ल कति विद्यार्थी छन् भन्ने यकिन हुने भएकाले कसरी परीक्षा लिने निर्णय गर्न सकिने जनाइएको छ । यसअघि चैतमा स्थगित परीक्षा पुरानै परिपाटीबाट लिइएको थियो भने देशभर एकैसाथ परीक्षा चलाइएको थियो ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले पहिलेको जस्तो अवस्था अहिले नरहेको स्पष्ट गर्दै कुनै फरक विधिबाट परीक्षा लिई विद्यार्थीको नतिजा प्रकाशित गरिने बताउनुभयो । यसका लागि डिन कार्यालयहरूलाई नै अधिकार दिइएको छ ।

विश्वविद्यालयले स्नातकोत्तर तहको चौथो सेमेस्टरका विद्यार्थीलाई परीक्षा पूरा नभए पनि अनुसन्धान शोधपत्र ९थेसिस० गर्न बाटो खोलिदिएको छ । स्थगित परीक्षा फरक विधिबाट सञ्चालन गरेर पनि विद्यार्थीलाई शैक्षिक सत्र सदुपयोग गर्ने तयारी गरेको विश्वविद्यालयले थेसिस लेखन कार्य अघि बढाउन अनुमति दिएको हो । यसअघि परीक्षा नसकेको अवस्थामा विद्यार्थीलाई थेसिस गर्न अनुमति दिइँदैनथ्यो । विद्यार्थीलाई थेसिस तयार पार्न पनि चार–पाँच महिना लाग्ने र त्यो बेलासम्म

फरक तरिकाबाट परीक्षा लिएर नतिजा प्रकाशन गर्न बाटो खुल्ने भएकाले यस खालको निर्णय गरिएको जानकारी डिन शर्माले दिनुभयो । स्नातकोत्तर तहमा व्यवस्थापन लगायतका कतिपय सङ्काय तथा अध्ययन संस्थानमा शोधपत्र अनिवार्य गरिएको छ । कतिपय विषयका हकमा विद्यार्थी आफ्नो खुसीले शोधपत्र लेख्ने गर्छन् ।

Advertisement

परीक्षा नदिए पनि माथिल्लो सेमेस्टर
यसैबीच त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा सेमेस्टर प्रणालीमा सञ्चालित परीक्षा सञ्चालन हुन नसके पनि विद्यार्थीलाई माथिल्लो सेमेस्टरमा पढाउन थालिएको छ । विगतमा विद्यार्थीले एक तहको सेमेस्टरको परीक्षा सकेर मात्र अर्को सेमेस्टरमा जाने अभ्यास रहेकोमा यसपटक भने परीक्षा नै नदिएको अवस्थामा पनि अर्को सेमेस्टरमा अध्ययनका लागि विश्वविद्यालयले बाटो खोलिदिएको हो । यसको कार्यान्वयन गर्दै आफूहरूले कक्षा सञ्चालन सुरु गरेको पब्लिक युथ क्याम्पसका प्रमुख बलराम थापाले जानकारी दिनुभयो । यसबाट विद्यार्थीको शैक्षित्र सत्र सदुपयोग हुने जनाइएको छ ।, यो समाचार आजको गारेखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top