१० भाद्र, विराटनगर ।
विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टि स्पेसियालिटी अस्पतालमा उपचारारत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
प्रदेश २ को महोत्तरीका ६० वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति करिब ११ बजे निधन भएको अस्तपालका निर्देशक रञ्जीतराज बस्नेतले जानकारी दिए।अस्पतालको कोभिड–१९ व्यवस्थापन समितिका संयोजक समेत रहेका बस्नेतका अनुसार मृतकको टाउकोको नशा सुकेको र शरीर चलाउन समेत समस्यामा रहेको थियो।
शरीर चल्न नसक्ने अवस्थामा साउन ३१ गते उनलाई उपचारका लागि न्यूरोमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेसँगै कोरोनाको लक्षण देखिएपछि भदौ ३ गते स्वाब नमूना संकलन गरिएको बस्नेतले जानकारी दिए। मृतकको भदौ ७ गतेमात्र पीसीआर रिर्पोट पोजेटिभ आएको थियो।
पोजेटिभ रिपोर्टसँगै संक्रमितको उपचारका लागि अस्पतालले तयार गरेको आइसोलेसनमा भर्ना गरेर भेन्टिलेटरमा राखेर उपचार गर्ने काम भइरहेको अवस्थामा मृत्यु भएको बस्नेतले जानकारी दिए।