वीरगञ्ज आइपुग्यो २५ सय टन युरिया मल, भोलिबाट किसानलाई वितरण गरिने

१० भदौ ७७, बुधबार

१० भदौ, वीरगञ्ज । साल्ट ट्रेडिङ कर्पोरेशनको २५ सय टन युरिया मल मंगलबार वीरगञ्ज आइपुगेको छ ।

Advertisement

बुधबारसम्म भन्सार पास गरेर बिहीबारबाट किसानलाई वितरण गरिने कर्पोरेशनका प्रवक्ता कुमार राजभण्डारीले बताए ।

मोरङ, सुनसरी, झापा, राजविराज, पोखरा, रौतहट, सिन्धुली, मकवानपुरलगायतका १० जिल्लामा वितरण गरिने छ ।

Advertisement

१३ सय टन युरिया मल विराटनगरका लागि हिडेको छ। त्यसमध्ये ६ सय टन मल विराटनगरमा आइपुगेको उनले जानकारी दिए।

कर्पोरेशनको गतवर्षको थप कोटा २१ हजार ५ सय टन र चालू आवको ११ हजार ६ सय टन मल गरी ३२ हजार १ सय टन युरिया मल कलकक्तामा लकडाउनका कारण करिब ३ महिनादेखि अड्किएको थियो।

Advertisement

लकडाउन खुकुलो भएसँगै मल नेपाल भित्रन सुरू गरेको छ। करिब ३ हप्तामा सबै मल कलकत्ताबाट हिडिसक्ने कर्पोरेशनका प्रवक्ता भण्डारीले बताए।

त्यसपछि भने कृषि सामाग्री कम्पनी लिमिटेडको मल आउन सुरु हुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ।

कर्पोरेशनले लकडाउनमा अड्किएको ५० हजार टन डिएपी मल मध्ये ६ हजार टन काम नलाग्ने भएकाले नल्याइएको जानकारी दिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top