कोरोना संक्रमणबाट पोखरामा ३२ वर्षीया महिलाको मृत्यु

१० भदौ ७७, बिहीबार

११ भाद्र, पोखरा ।
कोरोना संक्रमित ३२ वर्षीया महिलाको बिहीबार बिहान पोखरामा निधन भएको छ ।

पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा उपचार गराइरहेकी महिलाको निधन भएको हो । पोखरा महानगरपालिका–११ की उनी भदौ ७ मा प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन् ।

उनमा कुनै पनि किसिमको दीर्घ रोग नभएको अस्पतालका निर्देशक डा.अर्जुन आचार्यले बताए । यसअघि उनी ज्वरो आउने र श्वास फेर्न गाह्रो भए पछि गत शनिबार उनी पोखराकै कास्की सेवा अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन् ।

Advertisement

अस्पतालको आईसीयूमा तनहुँकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि उनको पनि स्वाब परीक्षण गरिएको थियो । कोरोना संक्रमण देखिएपछि उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा लगिएको थियो ।

कास्की सेवा अस्पतालका निर्देशक डा.पदम खड्काका अनुसार उनमा ‘बाइल्याटरल निमोनिया’ र ‘सेप्टिक सक’ थियो । त्यहाँ पुग्नुअघि उनी पोखराकै साइ अर्चना अस्पतालमा उपचार गरेर घर फर्किएकी थिइन् । एक दिन घरमा आराम गरेपछि गत शनिबार पुनः मणिपाल अस्पतालमा उपचारका लागि पुगेकी थिइन् ।

Advertisement

मणिपालले आईसीयूमा भर्ना नलिँदा उनी कास्की सेवा अस्पतालमा पुगेकी थिइन् । कोभिड–१९ उपचार केन्द्रमा हालसम्म ५ जनाको निधन भएको छ । तीमध्ये पोखराका ३ जना हुन् । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

यसअघि बुधबार साँझ र बिहीबार बिहान गरी बारा र पर्सामा पनि ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top