५१० नमूना परीक्षणमा ३३ जना पोजेटिभ, १२ वर्षदेखि ७० वर्ष उमेर समुहका संक्रमित

१० भदौ ७७, बिहीबार

११ भाद्र, वीरगंज ।
भदौ १० गते राति नारायणी अस्पतालले सार्वजनिक गरेको पीसीआर रिपोर्टअनुसार पर्सा, बारा र रौतहटका ५१० वटा नमुना परीक्षणमा ३३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।

कुल नमूनाको ६ दशमलव ४६ प्रतिशतमा संक्रमण देखिएको नारायणी अस्पतालकका प्रवक्ता डा. अतुलेश चौरसियाले बताए। उनका अनुसार ३३ जनामध्ये ४ जना महिला र २९ जना पुरुष रहेका छन्। १२ वर्षदेखि ७० वर्ष उमेर समुहमा पर्साका २४ जना, बाराका ६ जना, रौतहटका ३ जना संक्रमित रहेका छन्।

जसमध्ये नारायणी अस्पतालको क्वाटरमा बसेका दुई जना स्वास्थ्यकर्मी र एक जना तिनको छोरा संक्रमित भएका छन्। त्यसैगरी,सशस्त्र प्रहरी पर्सा वीरगंजका २ जना सुरक्षाकर्मी पनि संक्रमित भएको नारायणी अस्पताल पीसीआर प्रयोगशालाले जनाएको छ।

Advertisement

त्यसैगरी, बाराको जितपुरमा रहेको सैनिक ब्यारेकका एक जना सिपाही, रौतहट प्रहरीका ती जना थुनुवामा संक्रमित भएको नारायणी पिसिआर प्रयोगशालाकी डा नीरा पाठकले जानकारी गराइन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top