नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट ८ जनाकाे मृत्यु

११ भदौ, काठमाडौँ ।
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ महिला र ३ जना पुरुष गरी ८ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्सा, कपिलवस्तु, काठमाडौं, ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेमा १—१ जनाको मृत्यु भएको छ । ललितपुरमा ६५ वर्षिया, बारामा २३ वर्षिया, कास्कीमा ३२ वर्षिया, रुपन्देही र बाँकेमा ७० वर्षिया गरी ५ जना महिलाको कोरोनाबाट मृत्यु भएको हो । यस्तै काठमाडौंमा ४८ वर्षिय, पर्सामा ६२ र कपिलवस्तुमा ५० वर्षिय गरी ३ जना पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको छ ।

आज १ हजार १ सय ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन । १२ हजार ६ सय २९ वटा परीक्षण गरीक्षणमा ३ सय ३४ महिला र ७ सय ७७ जना पुरुषमा संक्रमित देखिएको हो । आजसम्म संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । आजसम्म पीसीआर विधिबाट लाख ४७ हजार ८ सय ८१ जनाको कोरोना परीक्षण भएको छ ।

Advertisement

आज देशभरी सक्रिय संक्रमित संख्या १५ हजार २ सय ७३ जना रहेको छ । प्रदेश नम्बर १ मा १ हजार १ सय ३५, प्रदेश नम्बर २ मा १ हजार ८ सय १८, बागमती प्रदेशमा ३ हजार ५ सय ३ र गण्डकी प्रदेशमा ४ सय ११ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ सय ८३, कर्णाली प्रदेशमा ३ सय ७२ र सुदूरपश्चिम प्रदेशमा ८ सय ४१ गरी देशभरी ९ हजार ६३ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन । यसैगरी प्रदेश नम्बर १ मा ३ सय ७७, प्रदेश नम्बर २ मा ३ हजार ८ सय ४, बागमती प्रदेशमा १ हजार ५ सय २८ र गण्डकी प्रदेशमा १८ जना होम आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ सय ७, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा ४९ जना गरी देशभरी ६ हजार २ सय १० जना संक्रमित होम आइसोलेसनमा रहेका छन ।

आज प्रदेश नम्बर १ मा मा ११ जना, प्रदेश नम्बर २ मा ४४ जना, बागमती प्रदेशमा ७१, गण्डकी प्रदेशमा ३ र प्रदेश नम्बर ५ मा १८ जना आइसियुमा उपचाररत रहेका छन । यसैगरी प्रदेश नम्बर १ मा २ र बागमती प्रदेशमा १५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन ।

Advertisement

आज ५ सय ६९ जना डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा १ हजार ४ सय ९१, प्रदेश नम्बर २ मा ४ हजार ४ सय ५८, बागमती प्रदेशमा ९ सय ४६ र गण्डकी प्रदेशमा १ हजार ६ सय ७० जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ७ सय २, कर्णाली प्रदेशमा २ हजार २५ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ७ सय ८१ गरी देशभरी  २० हजार ७३ जना संक्रमित निको भएर घर फर्किएका छन ।

आज देशभरीका क्वारेन्टिनमा ९ हजार ४ सय ४८ जना रहेका छन । प्रदेश नम्बर १ मा ९ सय २, प्रदेश नम्बर २ मा ९ सय २३, बागमती प्रदेशमा ७ सय ५४ र गण्डकी प्रदेशमा २ हजार ३ सय ६६ जना रहेका छन । प्रदेश नम्बर ५ मा १ हजार ६, कर्णाली प्रदेशमा ५ सय १ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३६ जा क्वारेन्टिनमा रहेका छन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

सम्बन्धित समाचार

Scroll to Top