×

NEPAL TIMES UPDATES

Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026

धनुषामा बिहीबार ६ प्रहरीसहित थप ३० जनामा कोरोना पुष्टि

११ भाद्र २०७७

नितेश यादव
११ भदौ, जनकपुरधाम ।

पछिल्लो २४ घण्टामा धनुषामा ६ प्रहरीसहित थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको पीसीआर परीक्षणमा बिहीबार आएको रिपोर्टमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

Advertisement
Advertisement

प्रदेश २ स्वास्थ्य निर्देशनालयका अनुसार धनुषामा कार्यरत चारजना सशस्त्र प्रहरी र दुई नेपाल प्रहरीमा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका दुई जना नेपाल प्रहरी ईलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत रहेको निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

त्यस्तै, मालपोत कार्यालय जनकपुरका एकजनामा समेत संक्रमण पुष्टि भएको छ । यसैगरी हंसपुर नगरपालिकाका एक जना, जनकपुर उपमहानगरपालिका–७ का तीन जना, वडा नम्बर–८ का एक जना, धनुषाधाम नगरपालिका–५ का एक जना, क्षिरेश्वरनाथ नगरपालिका–६ का एक जना, जनकपुर उपमहानगर–१ का तीन जना, जनकपुर उपमहानगर–२ का दुई जना, जनकपुर उपमहानगर–४ का एक जना, धनुषाधाम वडा नम्बर २ र ९ का १-१ जनामा संक्रमण पुष्टि भएको झाले बताए ।

Advertisement
Advertisement

त्यस्तै, जनकपुर उपमहानगर–६ का एक जना, आर्युवेद औषधालय बटेश्वरका दुई जना, गणेशमान चारनाथ नगरपालिकाका एक जना र वडा नखुलाइएका जनकपुरका चार जनामा संक्रमण पुष्टि भएको झाको भनाइ छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top