×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

रेम्डिसिभिर ७४८ डोज भित्रियो, तत्कालकाे माग धान्ने

१२ भाद्र २०७७

काठमाडौँ : औषधि व्यवस्था विभागले कोरोना सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेर भेन्टिलेटरमा राखेर उपचार गराइरहेका बिरामीहरूका प्रयोग गर्ने औषधि आयातको जिम्मेवारी दिएको तीनमध्ये दुई कम्पनीले ७४८ डोज रेम्डिसिभिर नेपाल ल्याएका छन् ।

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीका अनुसार विश्वका धेरै देशहरूमा कोरोनाको गम्भीर अवस्थामा रहेका बिरामीहरूका लागि विश्व स्वास्थ्य सङ्गठनले समेत राम्रो रहेको भनेको रेम्डिसिभिरको नेपालमा आयातको लागि तीनवटा कम्पनीलाई अनुमति दिएको र ती कम्पनीले औषधि ल्याउन शुरु गरेको बताउनुभयो ।

नेपालमा सो औषधि आयात गर्नको लागि अनुमति पाएका तीनवटा कम्पनीमध्ये हरेक कम्पनीलाई दुई-दुई हजार डोज औषधि ल्याउने अनुमति दिएसँगै ७४८ भाइल औषधि नेपाल आइपुगेको छ । अर्को कम्पनीले भने औषधि ल्याउने क्रममा रहेको जानकारी आफूहरूले पाएको प्रवक्ता केसीले बताउनुभयो ।

यस्तै, राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले अहिले केही बिरामीलाई परीक्षणका रुपमा दिन शुरु गरिएको र तत्कालका लागि एक सय जना जतिका लागि आवश्यक हुने अनुमानका आधारमा हामीलाई एक हजारदेखि १५ सय डोजसम्म आवश्यक हुन सक्ने बताउनुभयो ।

त्यस्तै, बङ्गलादेशबाट पनि पाँच हजार डोज औषधि आउन लागेको भन्ने सम्बन्धमा औषधि व्यवस्था विभागलाई अनौपचारिक जानकारी भए पनि औपचारिक रुपमा कुनै जानकारी नआएको प्रवक्ता केसीले बताउनुभयो ।

अहिले नेपालमा गम्भीर अस्थामा रहेका बिरामीको पनि चिकित्सकले अवस्था हेरेर मात्र यो औषधि चलाउन सिफारिस गर्ने हुँदा अहिलेको मागलाई धान्न सक्ने र अर्को कम्पनीले पनि छिट्टै औषधि ल्याउने हुँदा बिरामीका समस्या नहुने उहाँले बताउनुभयो । बुधबारसम्म १७ जना बिरामी आइसीयूमा उपचार गराइरहेका छन् । आइसीयूमा भर्ना भएका सबैलाई यो औषधि दिनैपर्छ भन्ने पनि नरहेको चिकित्सकहरू बताउँछन् ।

बिरामीको अवस्था हेरेर नेपाल स्वास्थ्य अनुसन्धान परिषदले निर्माण गरेको मापदण्डको आधारमा बिरामीहरूका लागि फरक फरक डोजमा रेम्डिसिभिर प्रदान गरिने डा. केसीले बताउनुभयो । बिरामीको अवस्था हेरेर सात डोजको र ११ डोजको रेम्डिसिभिर प्रदान गरिने उहाँले बताउनुभयो ।

कोरोना सङ्क्रमित सबैलाई यो औषधिको डोज दिइँदैन र यसले कोरोनालाई निको नै पार्ने भनेर प्रमाणित भइनसकेकाले गम्भीर अवस्थामा मात्रै यो औषधिको प्रयोग गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार सुरुमा दुई डोज दिएर छ दिनसम्म एकरएक डोज दिएर सात डोज र अर्को भनेको सुरुमा दुई डोज दिएर नौ दिनसम्म एकरएक डोज लिएर ११ डोज दिएर उपचार हुने गरेको उहाँले बताउनुभयो ।

यो बिरामी तथा आफन्तले माग गरेर भन्दा पनि उहाँहरूको अवस्थाको आधारमा नेपाल मेडिकल काउन्सिलले सिफारिस गरेको आधारमा डोज दिएर उपचार गरिने डा. केसीले बताउनुभयो । नेपालका विभिन्न जिल्लाहरूबाट कोरोनाको उपचारमा सो औषधिको प्रयोग परीक्षणका रुपमा अनुमति दिएसँगै त्यसको कालोबजारी हुन थालेसँगै विभागले एकद्वार नीति लिँदै कालोबजारी कम गर्न तीन कम्पनीलाई अनुमति दिएको हो ।

अहिलेसम्म कोरोनाको कुनै पनि औषधि तथा खोप पत्ता लागि नसकेको अवस्थामा इबोलाको उपचारमा प्रयोग हुने सो औषधि गम्भीर अवस्थामा भ्यान्टिलेटरमा राखेर उपचार गराइरहेका सङ्क्रमितहरूका लागि निक्कै उपयोगी भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएसँगै विश्व स्वास्थ्य सङ्गठनले समेत यसलाइ सिफारिस गरेपछि नेपालमा यसको प्रयोग सुरु भएको डा। केसीले बताउनुभयो ।

तीन कम्पनीले नेपालमा औषधि ल्याएपछि कुन कुन अस्पातलले त्यसको प्रयोग गरे भन्ने बारेमा औषधि व्यवस्था विभागले तथ्याङ्कसमेत राख्ने डा। केसीले बताउनुभयो । तीन कम्पनीले भारतबाट औषधि ल्याउन अनुमति पाएको र सोही आधारमा बिरामीको सङ्क्रमणको आधारमा औषधि ल्याउने कार्य हुने डा। केसीले बताउनुभयो । उहाँले औषधिको मूल्य सात हजार ६०० कायम गरिएको बताउनुभयो ।

विश्वभरि अस्पतालहरूमा रेम्डिसिभिर नामक औषधिको प्रयोग गर्दा बिरामीमा कोरोना भाइरस सङ्क्रमण भएपछि विकसित भएका लक्षणहरू हराउने समय १५ दिनबाट ११ दिनमा झरेको देखिएको डा. केसीले बताउनुभयो । उहाँले कोभिड–१९ का लागि यो उत्साहपूर्ण भएको तर रामवाण चाहिँ नहुने बताउनुभएको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top