चितवनमा उपचाररत हेटौंडाकी ७१ वर्षीया संक्रमित महिलाको मृत्यु

१२ भदौ ७७, शुक्रबार

१२ भदौ, मकवानपुर । कोरोना संक्रमण पोजेभि देखिएकी हेटौंडा–१९ की ७१ वर्षीया महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज अस्पतालमा उपचाररत उनको शुक्रबार बिहान मृत्यु भएको हो ।

Advertisement

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार बुधबार भरतपुरमा रहेको चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रमा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो । उनलाई ७ गते उपचारका लागि त्यहाँ लगिएको थियो ।

उनी दम र निमोनियाको समेत बिरामी रहेको जनाइएको छ । यससँगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top