स्वास्थ्यवस्थाका कारण राजिनामा दिँदै जापानका प्रधानमन्त्री आबे

१२ भदौ, एजेन्सी । बिरामी भएपछि जापानका प्रधानमन्त्री सिन्जो आबेले पदावधि सकिनु एक वर्षअगावै राजीनामा दिने भएका छन् ।

Advertisement

जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार ६५ वर्षीय प्रधानमन्त्री आबेले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । उक्त सम्बोधनबाट उनले राजीनामा दिन लागेको बताइएको छ ।

पछिल्लो समय उनी लगातार दुई पटक अस्पताल गएपछि उनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी गरिएको छ।

Advertisement

यसअघि पनि आबेले सन् २००७ मा स्वास्थ्यका कारण प्रधानमन्त्री नियुक्त भएको वर्ष दिनमै राजीनामा दिएका थिए। आबे लामो समयदेखि अल्सरेटिभ कोइलेइटिस रोगबाट पीडित छन्।

आबे जापानमा सबैभन्दा बढी समय लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति हुन्।

Advertisement

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री आबेले रगत बान्ता गर्ने गरेको हल्ला चलेको थियो। पछिल्लो समय उनी सार्वजनिक कार्यक्रममा सहभागी नभएकाले उनको स्वास्थ्यमा गम्भीर समस्या भएको आँकलन गरिएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top