अमेरिकाले ‘विच्याट’ माथि प्रतिबन्ध लगाए चीनले एप्पलका उत्पादन बहिष्कार गर्ने

१२ भदौ, एजेन्सी । अमेरिकाले ‘विच्याट’ माथि प्रतिबन्ध लगाए चीनले पनि अमेरिकी कम्पनी एप्पलका उत्पादन बहिष्कार गर्ने जनाएको छ ।

Advertisement

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले शुक्रबार अमेरिकाले विच्याटमाथि प्रतिबन्ध लगाए चिनियाँ नागरिकले एप्पलको उत्पादन बहिष्कार गर्ने बताएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्य सेप्टेम्बरदेखि चिनियाँ एपहरु ‘विच्याट’ र ‘टिकटक’ माथि प्रतिबन्ध लगाउने घोषणा गरिसकेका छन् । ट्रम्पले यी चिनियाँ एपका कारण अमेरिकाको राष्ट्रिय सुरक्षामा चुनौती थपिएको बताएका थिए ।

Advertisement

त्यसैले ट्रम्पले अमेरिकी कम्पनीलाई स्वामित्व नबेचे यी एपमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । पछिल्लो समय यसै विषयलाई लिएर पनि वासिङ्टन र बेइजिङबीच तनाव बढेको छ ।

झाओको टिप्पणीपछि चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताले मिश्रित प्रतिक्रिया दिएका छन् । चीनमा ट्विटर प्रतिबन्ध भए पनि भर्चुअल प्राइभेट नेटवर्क(भीपीएन) को सहयोगमा चलाउने गरेको पाइन्छ ।

Advertisement

चिनियाँ स्मार्टफोन बजारमा एप्पलले करिब ८ प्रतिशत हिस्सा ओगटेको बताइन्छ ।

चीनमा ‘वेक्जिन’ का नामले परिचित ‘विच्याट’ का प्रयोगकर्ता करिब एक अर्ब २० करोड रहेका छन् । अमेरिकामा मात्रै विच्याटका प्रयोगकर्ता करिब एक करोड ९० लाख भएको बताइन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top