×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

धनुषामा तस्कर समूहले ढुंगामुढा गरेपछि प्रहरीद्वारा हवाई फायर

१३ भाद्र २०७७

१३ भाद्र, धनुषा ।
शुक्रबार राति धुनषाको नेपाल–भारत सिमावर्ती क्षेत्रमा प्रहरी र तस्करबीच झडप भएको छ ।

विदेह नगरपालिकास्थित दुहबीमा तस्कर र प्रहरी बीच झडप हुदाँ हवाई फायर समेत भएको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले नेपालबाट भारत तस्करी गर्न लागेको छहरा छापामारी गर्न गएको बेला प्रहरी टोलीमाथि तस्करको एक समूहले ढुंगामुढा गरेको थियो ।

Advertisement
Advertisement

प्रहरी उपरिक्षक बस्नेतले पिकअपमा करिब एक सय बोरा मटर भारततर्फ तस्करी भइरहेको सूचना पाए लगत्तै १५ जनाको संख्यामा पुगेको प्रहरी टोलीमाथि तस्करका स्थानीय सहयोगीहरुले सिमावर्ती क्षेत्र अवस्थित दशगजामा पुगेर ढुंगामुढा गर्न थालेपछि बाध्य भएर प्रहरीले हवाइ फायर गर्नुपरेको बताए ।

धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतको कमाण्डमा गएको टोली माथि अचानक प्रहरीमाथि ढुंगामुढा भएपछि केहि समयका थप बलको प्रतिक्षामा रहेका प्रहरीहरु पछाडी हटेका थिए । सोही क्रममा स्थानीय राजीव महासेठले सिमानाका तर्फको दुहबीमा रहेको वस्तीबाट करिब दर्जनौँ भारतीयहरुलाई ल्याएर लुकाई छिपाई राखिएको करिब १ सय बोरा छहारा, ८० बोरा कालो मरिच, २ सय बोरा मटर भारत तर्फ भित्र्याइएको थियो ।

महासेठका सहयोगीहरुले प्रहरीमाथि ढुंगामुढा गरिरहेकै बेला मटरसहित पिकअप नेपाल–भारत सिमानाका हुँदै पार गरेको स्थानीयवासीहरुको भनाई छ । महासेठले अवैधानिकरुपमा नेपालबाट भारत तर्फ रक्सी, मटर, मरिच, सेव लगायतका सामग्रीहरु ठुलो परिमाणमा तस्करी गर्ने गरेको छ भने भारत तर्फबाट खानेतेल, चिनी, मलखाद्य, रजनीगंधा, दुधको पाउडरको पोका लगायतका किराना सामग्री नेपालतर्फ भित्र्याउने गरेको छ ।

Advertisement

स्थानीय महासेठले मटर तस्करीमा संलग्न रहेको सूचना प्रहरीले पाएपछि उनको घरमा छापा मार्दा केहि पनि फेला परेन । झडपमा कसैलाई पनि केहि नभएको उनले बताए । २ नम्बर प्रदेश प्रहरी कार्यालय, प्रदेश नम्बर २ का टोलीले विदेह नगरपालिकास्थित वडा नम्बर १ बस्ने लियाकत कवाडीको घरमा रहेको ३० बोरा मटर छापामारी पक्राउ गरेको जनाइएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top