१३ भाद्र, धरान ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ८४ वर्षीय कोरोना संक्रमितको शुक्रबार राति मृत्यु भएको छ ।
सिरहाको भदैया–६ बस्ने उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिपछि भदौ ६ गते ती पुरुषलाई प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना गरिएको थियो ।
भदौ ७ गते पीसीआर परीक्षणमा कोरोना पुष्टि भएपछि उनलाई प्रतिष्ठानकै कोभिड अस्पतालमा भर्ना गरिएको थियो । डा. सापकोटाका अनुसार मिर्गौलाका रोगी रहेका ती पुरुष लामो समयदेखि डायलसिससमेत गराउँदै आएका थिए ।