नेपाल भेन्टिलेटर सर्भिसेसको काम : ऋण लिएर भेन्टिलेटर खरिद गर्ने

१३ भदौ ७७, आइतबार

१३ भदाै, काठमाडाैँ ।
सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने उद्देश्यका स्थापना भएको नेपाल भेन्टिलेटर सर्भिसेसले शनिबारसम्म २ करोड बढीको सामग्री खरिद गरेको छ । आवश्यकताका अनुसार देशभरी रहेका कोभिड अस्पतालहरुमा निःशुल्क भेन्टिलेटर उपलब्ध गराउने उद्देश्यका साथ स्थापना भएको भेन्टिलेटर बैंंकमा २ करोड भन्दा बढीका सामग्री खरिद भएका हुन् ।

सरकारी अस्पतालमा उपचाररत सिकिस्त विरामीहरुको सेवालाई मध्यनजर गर्दै स्थापना भएको बैंकले त्रिवि शिक्षण अस्पतलामा २ वटा भेन्टिलेटरनिःशुल्क रुपमा उपलब्ध गराएको भेन्टिलेटर सर्भिसेसका सदस्य रामेश्वर खनालले बताए । देशका अन्य कोभिड अस्पतालमा समेत गरी २ दर्जन बढी भेन्टिलेटर मेसिन उपलब्ध गराइएको उनले बताए ।

सामुदायिक र नीजि अस्पतालहरुले आफ्नो आवश्यकता अनुसार माग गरेमा बजार मुल्यभन्दा एक तिहाइ कम रकममा उपलब्ध गराइने उनले बताए । सरकारी अस्पताललाई निःशुल्क वितरण गरिने भएपनि नीजि तथा सामुदायिक अस्पतालमा सञ्चालन खर्च उठ्ने गरी भेन्टिलेटर दिइने उनले बताए । बैंकमा अहिलेसम्म नगद र अन्य सामग्री गरी ६० लाख रुपैयाँ सहयोग प्राप्त भएको उल्लेख गर्दै उनले सञ्चालक सदस्यहरुबाट ५ लाख रकम जम्मा गरिएको बताए । बाँकी रकम लक्ष्मी बैंक र नेपाल मर्चेट बैंकबाट कर्जा लिने तयारी भइरहेको पनि खनालले जानकारी दिए ।

Advertisement

आवश्यक परेको खण्डमा भेन्टिलेटर बैंकबाट भेन्टिलेटर लिन सकिने व्यवस्था रहेको उनले बताए । संस्थाले ५ हजारदेखि माथिको सहयोग रकम लिने गरी नीति बनाएको छ । अन्य व्यक्ति वा संस्थाहरुले पनि आवश्यक सामग्री सहयोग गर्न सक्नेछन् । भेन्टिलेटर खरिद प्रक्रियामा बैंकले कोभिड—१९ विपद व्यवस्थापन नेपाल (सिसिएमसी) सँग पनि समन्वय गरेर अगाडी बढ्ने योजना रहेको उनले बताए । यस अभियानमा खनालसँगै डा. विशाल ढकाल, डा. सुवास आचार्य र दीपेन्द्र चौलागाईं रहेका छन ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top