सीपीएल : जमैकाको उत्कृष्ट जितमा सन्दीपले लिए २ विकेट

१४ भदौ, एजेन्सी ।
क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसमाथि ३७ रनको उत्कृष्ट जित निकालेको छ ।

आईतबार बिहान क्विन्स पार्क ओभलमा भएको खेलमा जमैकाले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स १९.४ ओभरमा १ सय १० रनमा अल आउट भयो ।

पहिलो ओभरको चौथो बलमा तीव्र गतिका बलर फिडेल एडवाड्र्सले ओपनर क्रिस लिनलाई ८ रनमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काए ।
दोस्रो विकेटका लागि दिनेश रामदिन र काइरन पवेलले ३४ रनको साझेदारी गरे । यी दुईबीचको साझेदारी स्पिनर विरसामी पेरुमलले आठौं ओभरको पहिलो बलमा रामदिनलाई विकेटकिपर चाडविक वाल्टनबाट १३ रनमा क्याच गराउदै तोडेका थिए । नवौं ओभरको पहिलो बलमा कार्लोस ब्रेथवेटले बेन डंकलाई २ रनमा बोल्ड आउट गरे ।

पेरुमलको १० औं ओभरको दोस्रो बलमा अघि सरेर ठूलो सट खेल्ने प्रयास गरेका ओपनर काइरन पवेल २१ रनमा स्टम्पिङ आउट हुँदा ४५–४ को कम्जोर अवस्थामा पुगेको थियो । ब्रेथवेटले रायद इम्रिटलाई ५ रनमा क्याच आउट गराए । निक केली र इभिन लुईसले छैटौं विकेटका लागि ३५ रनको साझेदारी गरे । एडवार्डसले निकलाई १६ रनमा बोल्ड आउट गरे । सन्दीपले इभिन लुईसलाई १६ औं ओभरको पाँचौ बलमा रोभमान पवेलबाट २१ रनमा क्याच आउट गराए ।

विरसामी पेरुमलले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सन्दीपले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । कार्लोस ब्रेथवेटले ३.४ ओभरमा १ मेडन सहित ११ रन खर्चेर ३ विकेट लिए । फिडेल एडवारड्र्सले ४ ओभरमा ३९ रन खर्चेर २ विकट लिए । मुजिब उर रहमानले ४ ओभरमा १२ रनखर्चेर १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको जमैकाले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो । ओपनर ग्लेन फिलिप्स ६१ बलमा २ चौका र ६ छक्का सहित ७९ रनमा अविजित रहे । फिलिप्सले १७ औं ओभरको अन्तिम तीन बलमा शेल्डन कटरेललाई लगातार तीन छक्का प्रहार गर्दै ४७ बलमा अर्ध शतक पूरा गरेका थिए । जारी सिपिएलमा उनको यो दोस्रो अर्ध शतक हो । फिलिप्सले १३ औं ओभरको अन्तिम बलमा व्यक्तिगत २८ रनमा मिडविकेटमा निक केलीले क्याच ड्रप गर्दा जीवनदान पाएका थिए ।

ओपनर फिलिप्स र क्रुमा बोनरले पहिलो विकेटका लागि ६ ओभरमा २८ रनको साझेदारी गरेका थिए । बोनलाई छटौं ओभरको अन्तिम बलमा इमरान खानले कटरेलबाट १६ बलमा क्याच गराए । बोनरले १८ बलमा समान १ चौका र छक्का प्रहार गरे । दोस्रो विकेटका लागि फिलिप्स र जर्मेन ब्ल्याकवुडले ३८ रनको साझेदारी गरे । कप्तान रायद इम्रिटको १२ औं ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने क्रममा बाउन्ड्री नजिकै ब्ल्याकवुड बेन डंकबाट २७ रनमा समातिए । उनले २६ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

आसिफ अली स्पिनर ईस सोधीको १६ औं ओभरको तेस्रो बलमा डीप मिडविकेटमा इभिन लुईसबाट १० बलमा १ छक्का सहित १४ रनमा क्याच आउट हुन पुगे । खराब प्रर्दशनबाट गुज्रि रहेका कप्तान रोभमान पवेल १ रनमा आउट हुन पुगे । कार्लोस ब्रेथवेटलाई इम्रिटले शून्यमा बोल्ड आउट गरे । चाडविक वाल्टनलाई १ रनमा कटरेलले बोल्ड आउट गरे । ओपनिङमा सुरुवाती पाँच खेलमा खराब प्रर्दशन गरेका वाल्टनलाई जमैकाले तल्लोक्रममा खेलाएको थियो ।

सेन्ट किट्समा कप्तान कप्तान रायद इम्रिटले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । इमरान खानले ४ ओभरमा मात्र ७ रन खर्चेर १ विकेट लिए । ईस सोधीले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । शेल्डन कटरेलले ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए । यो जितसँगै तलावाज ६ खेलमा समान ३ मा जित र हार सहित तेस्रो स्थानमा उकिलएको छ ।

सन्दीपको चार ओभर :
जमैकाले सन्दीपलाई १२ औं ओभरमा बलिङमा ल्याएको थियो । सन्दीप बलिङमा आउदा सेन्ट किट्स ५३–५ को कमजोर अवस्थामा रहेको थियो । ओभरको तेस्रो बलमा निक केलीले स्विप गर्दै चौका प्रहार गरे। ओभरमा सन्दिपले ३ वटा सिंगल दिए भने २ बल डट फाले। १४ औं ओभरमा दोस्रो ओभर बलिंग गरेका सन्दीपलाई पाँचौ बलमा इभिन लुइसले स्लग स्विप गर्दै डिप मिडविकेटमा छक्का प्रहार गरे। ओभरको छैठौं बलमा सन्दिपले गरेको गुगलीमा पुनः ठुलो सट खेल्ने क्रममा लुइसको ब्याटको माथिल्लो किनारा लागेको थियो तर विकेट किपर भन्दा पछाडी बल पुग्दा सन्दिप विकेट पाउन चुके।

तेस्रो ओभरमा उत्कृस्ट बलिंग गर्ने क्रममा सन्दीपले अन्ततः इभिन लुइसको विकेट लिएर छाडे। लंग अनमा ठुलो सट खेल्ने क्रममा उनि क्याच आउट भए। २१ रन बनाएका लुइसको विकेट पछि जमैका खेलमा पूर्णत हावी बनेको थियो। ओभरमा सन्दिपले ३ वटा डट बल गरे र मात्र २ रन खर्चिए।

१८ औं ओभरमा स्पेलको अन्तिम ओभर बलिंग गर्न आएका सन्दीपलाई पहिलो बलमै इश सोढीले छक्काले स्वागत गरे। सन्दीपको गुगलीलाई उनले स्लग स्विप गर्दै काउ कर्नरमा छक्का प्रहार गरे। तर त्यस लगत्तै बलमा सन्दीपले सोढीलाई गुगलीमै बोल्ड गर्दै दोस्रो विकेट लिए। पुनः स्लग स्विप गर्न खोजेका सोढीले बल पूर्णत मिस गरे र बोल्ड भए। ओभरमा उनले मात्र ८ रन खर्चिए र स्पेल अन्त्य गरे।

सेन्ट किट्स बिरुद्ध २ विकेट संगै सन्दीपले प्रतियोगितामा विकेट संख्या ९ पुर्याएका छन् र धेरै विकेट लिने बलरको सुचीमा चौथो स्थानमा उक्लेका छन्। सन्दीपसंगै मोहम्मद नाबीको पनि समान ९ विकेट रहेको छ। जमैकाकै अफ स्पिनर मुजिब र्उ रहमान १३ विकेट सहित पहिलो स्थानमा रहेका छन्।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top