१४ भाद्र, वीरगन्ज ।
नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचार गराइरहेका रौतहटको राजपुर, तुल्सीका ४० वर्षीय व्यक्तिको आइतबार बिहान मृत्यु भएको छ ।
मधुमेहका समेत बिरामी रहेका ती युवकमा पछिल्लो समय गम्भीर निमोनिया देखिएको अस्पतालले जनाएको छ । शुक्रबार उक्त अस्पताल भर्ना भएका उनको उपचार क्रममा आइतबार बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जनाए ।
‘मधुमेहका समेत रोगी रहेका ती युवकमा गम्भीर किसिमको कोभिड निमोनिया देखिएको थियो,’ उनले भने ।