१४ भदौ, सुनसरी ।
सुनसरी भोक्राहा नर्सिङ गाँउपालिका–४ स्थित राजमार्गमा पिकअपले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।
आज दिउँसो पौने २ बजेको समयमा पश्चिमतर्फ जाँदै गरेको बा २१ च ५६९४ नम्बरको पिकअप गाडीले विपरीत दिशाबाट आईरहेको को ३८ प ३४६६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक भोक्राहा नर्सिङ–६ बस्ने २६ बर्षीय जगदेव मेहता गम्भीर घाईते भएका थिए ।
उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा दिउँसो साढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने गाडी र चालक सिन्धुली बस्ने सन्तबहादुर पुलामी मगर नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।