उपत्यकामा निषेधाज्ञाको १२ औं दिन: सुनसान सडकमा आवागमन न्यून

१५ भदौ, काठमाडौँ ।
काठमाडौं उपत्यकामा जारी रहेको निषेधाज्ञाको आज सोमबार १२ दिन पुगेको छ । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ ३ गते मध्यरात यता निषेधाज्ञा जारी गरेका छन् । निषेधाज्ञाको १२ दिन पुग्दापनि मानिसहरुले निषेधाज्ञालाई पूर्णरुपमा पालना गरेको देखिएको छ ।

जनजीवन प्रभावित भएपनि मानिसहरु सरकारले जारी गरेको निषेधाज्ञाको आदेश पालना गर्दै घरभित्रै बसेका छन् । सोमबार उपत्यकाका विभिन्न भागमा पुग्दा लकडाउनको पालना भएको पाइएको हो । उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको आवागमन न्यून देखिएको छ । सडकमा अत्यावस्यक सेवाका सवारी साधनहरु मात्रै चलेको देखिन्छ ।

स्वास्थ्य क्षेत्र, एम्बुलेन्स, खाद्य सामग्री, तरकारी, फलफुल, सञ्चार, सुरक्षाकर्मी, विद्युत, खानेपानी, बैंक लगायतका क्षेत्रका सवारीसाधन निर्वाधरुपमा सञ्चालनमा आएका छन् । प्रहरीले मुल सडकका मुख्यमुख्य चोकमा बसेर सवारीसाधनको चेकजाँचलाई कडाई पारेको छ । अत्यावस्यक बाहेकका सवारी साधन चलाएमा प्रहरीले सडकमा होल्ड गरेर कारबाही गरेको देखिन्छ ।

Advertisement

उपत्यकामा जारी निषेधाज्ञा अटेरी गर्ने क्रम बढेपछि प्रहरीले चेकजाँचलाई कडाई गरेको छ । उपत्यकाका भित्रि सडक पनि सुनसान देखिन्छन् । विहानको समयमा अत्यावस्यक वस्तु, तरकारी खाद्यान्न लगायतका पसलहरु खुलेका छन् । मानिसहरु अफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गरेको देखिन्छ । तर दिउसो र साँझको समयमा भने कुनैपनि पसलहरु खलेको देखिँदैन । उपत्यकाका काठमाडौं भक्तपुर र ललितपुर जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञाको समय भदौ १७ गते मध्यरात सम्मका लागि कायम गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

सम्बन्धित समाचार

Scroll to Top