×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु

१५ भाद्र २०७७

१५ भदौ, काठमाडौँ ।
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट एक ४ वर्षिया बालिकासहित थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बालिकासहित ३ महिला र ४ पुरुष गरी पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको हो ।

महोत्तरीमा ४ वर्षिया बालिकाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। यस्तै गोरखामा ६५ वर्षिया र रुपन्देहीमा ६८ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यसैगरी झापा ८६ वर्षिय, रौतहटमा ४० वर्षिय, चितवनमा ७८ र भक्तपुरमा ७७ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ ।

आज ८ सय ९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । ११ हजार १ सय २९ वटा पीसीआर परीक्षणमा महिला ३ सय ३ र पुरुष ५ सय ९६ जनामा संक्रमण देखिएको हो । आज काठमाडौंमा मात्रै १ सय ९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ जनामा संक्रमण देखिएको छ । आजसम्म जम्मा ६ लाख ९३ हजार ४ सय ७२ पीसीआर परीक्षण भएकोमा ३९ हजार ४ सय ६० जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

आजसम्म कोरोना जितेर घर फर्किनेको संख्या २१ हजार ४ सय १० पुगेको छ । जसमा प्रदेश नम्बर १ मा १ हजार ५ सय ७०, प्रदेश नम्बर २ मा ४ हजार ८ सय ५३, बामगती प्रदेशमा १ हजार ३ सय २८ र गण्डकी प्रदेशमा १ हजार ७ सय ८ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ९ सय ३०, कर्णाली प्रदेशमा २ हजार ८३ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९ सय ३८ जना डिस्चार्ज भएका छन् ।

आज सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २२ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार २ सय ८७, प्रदेश नम्बर २ मा २ हजार ६२, बामगती प्रदेशमा ४ हजार ४ सय ८ र गण्डकी प्रदेशमा ५ सय ३० जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय ७३, कर्णाली प्रदेशमा ३ सय ९६ र सुदूरपश्चिम प्रदेशमा ८ सय ४५ गरी देशभरी १० हजार ७ सय १ जना संस्थागत आइसोलेसनमा रहेका छन ।

यसैगरी प्रदेश नम्बर १ मा ५ सय १०, प्रदेश नम्बर २ मा ४ हजार ५५, बामगती प्रदेशमा २ हजार ४२ र गण्डकी प्रदेशमा १८ जना संक्रमित रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ५६, कर्णाली प्रदेशमा २० र सुदूरपश्चिम प्रदेशमा १ सय २० गरी देशभरी होम आइसोलेसनमा ७ हजार १ सय २१ जना रहेका छन । जसमा प्रदेश नम्बर १ मा ४ जना, प्रदेश नम्बर २ मा ३८ जना, बामगती प्रदेशमा ७० जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश नम्बर ५ मा १७ गरी देशभरी १ सय ३२ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर १ मा १, प्रदेश नम्बर २ मा १३ र बामगती प्रदेशमा २ जना गरी १६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन । आज ७ हजार ३ सय ३७ जना क्वारेन्टिनमा रहेका छन ।

सरकारले कोरोनाको पीसीआर परीक्षणको मूल्य समायोजन गरेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार समायोजन भएको मूल्यअनुसार अब बढीमा ४ हजारमा पीसीआर परीक्षण गर्न सकिने छ । यसअघि ५ हजार ५ सयमा पीसीआर परीक्षण हुँदै आएको थियो । स्वाव संकलन गरी सोही ल्याबमा परीक्षण गर्दा बढीमा ४ हजार रुपैयाँ खर्च लाग्ने छ । तर स्वाव संकलन गरी ल्याबले परीक्षणका लागि अर्को ठाउँमा पठाउँदा ४ हजार ४ सय रुपैयाँ खर्च लाग्ने छ । जसमध्ये ४ हजार परीक्षण गर्ने ल्याबलाई दिनुपर्ने छ भने, ४ सय स्वाव संलकन गर्ने ल्याबको लाग्ने खर्च हो ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top