बाराका एक संक्रमितको नारायणी अस्पतालमा मृत्यु

१६ भदौ ७७, मंगलबार

१६ भाद्र, वीरगन्ज ।
मंगलबार बिहान नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा ६ दिनदेखि उपचाररत बाराका एक संक्रमितको मृत्यु भएको छ ।

Advertisement

नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार बारा, कोल्भीका ६० वर्षीय पुरुषको मंगलबार बिहान ४ बजेर ५० मिनेटमा आइसीयूमा मृत्यु भएको हो । ती व्यक्ति भदौ १० मा गण्डक कोरोना अस्पतालमा भर्ना भएका थिए ।

मधुमेहको समस्या रहेका उनमा पछिल्लो समय श्वासप्रश्वासको समेत समस्या देखिएको अस्पतालले जनाएको छ । ‘सीपीएपी मेसिनमा राखेर उपचार भइरहेको थियो,’ डा.चौरसियाले भने, ‘बिहान ती संक्रमित पुरुषको मृत्यु भयो ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top