वीरगन्जमा बेवारिसे भेटिएका कोरोना संक्रमितको मृत्यु

१६ भदौ ७७, मंगलबार

१६ भाद्र, वीरगन्ज ।
पहिचान नखुलेका एक कोरोना संक्रमित पुरुषको नारायणी अस्पतालमा सोमबार राति मृत्यु भएको छ ।

Advertisement

अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार करिब ६० वर्षीय पुरुषको सोमबार राति पौने ९ बजेको समयमा नारायणी अस्पतालमा मृत्यु भएको हो ।
मृत्युपछि गरिएको जिन एक्सपर्ट टेस्टमा ती व्यक्तिमा कोरोना पोजिटिभ देखिएको डा.चौरसियाले जनाए ।

बेवारिसे अवस्थामा सडकमा रहेका ती व्यक्तिलाई स्थानीय युवाले गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका थिए । ‘हालसम्म मृतकको पहिचान खुलेको छैन्,’ डा.चौरसियाले भने, ‘मृत्युपछि गरिएको जिन एक्सपर्ट टेस्टमा कोरोना पोजिटिभ देखिएको छ ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top