ट्रम्पद्वारा हिंसाको आरोप लागेका समर्थकको बचाउ

१५ भदौ ७७, मंगलबार

१६ भाद्र, एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालैका हिंसक झडपमा आफ्ना समर्थकहरूको भूमिकाको बचाउ गरेका छन्।

उनले विन्सकन्सिन राज्यमा दुई जनाको हत्याको आरोप लागेका किशोर र ओरेगनमा भएको झडपमा सङ्लग्न समर्थकहरूले आत्मरक्षामा गरेको बताएका छन्। ह्वाइट हाउसमा सोमवार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले डेमोक्र्याटहरू मेयर र गभर्नर भएका ठाउँमा भएका हिंसाको दोष राष्ट्रपति पदका प्रतिस्पर्धी जो बाइडन र उनका सहकर्मीलाई लगाए।

सोमवार प्रहरीले ओरेगनको पोर्टल्याण्डमा सप्ताहन्तमा भएका झडपमा गोली लागेर मारिएका व्यक्ति आरोन डानिल्सन रहेको जनाएको थियो। एक पत्रकारले पोर्टल्याण्ड घटनामा ट्रम्प समर्थकले रङ्ग भरिएका छर्रा प्रहार गरेको विषयमा ट्रम्पलाई सोधेका थिए। ट्रम्पको जवाफ थियोः हो, त्यहाँ धेरै समर्थकहरू थिए। तर त्यो शान्तिपूर्ण प्रदर्शन थियो। रङ्ग प्रतिरक्षाको अस्त्र हो। रङ्ग गोली होइन।

Advertisement

बाइडनको ट्रम्पलाई चुनौति
आउँदो अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले राष्ट्रपति ट्रम्पलाई हिंसा गलत हो भन्न चुनौती दिएका छन्।

बाइडनले ट्रम्पलाई देशमा हिंसा भड्काउने कमजोर र विशाक्त नेता भनेका छन्। दुई पक्षबीच चर्को प्रतिस्पर्धा हुने ठानिएको पेन्सलभेनिया राज्यमा बोल्दै बाइडनले अमेरिकाले थुप्रै सङ्कटहरू सामना गरिरहेको र त्यो डोनल्ड ट्रम्पको नेतृत्वमा झन् बढ्ने बताएका छन्।

Advertisement

केन्द्रमा चुनाव
अमेरिकी सहरमा चलिरहेका प्रदर्शनले अस्थिरता सिर्जना गरिरहेका बेला आउँदो चुनावमा राष्ट्रपतिका दुई प्रतिस्पर्धीबीच चर्काचर्की परिरहेको छ।

बीबीसी सम्वाददाता पिटर बोउज भन्छन्ः पत्रकार सम्मेलनमा ट्रम्पले डेमोक्र्याट मात्र भनेनन्, उनले जो बाइडनको पार्टी भनिरहे। उनले खासमा देशभर भइरहेका अशान्तिका घटनालाई बाइडनसँग जोड्न चाहन्छन्। नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि गरिएका मत सर्वेक्षणमा बाइडन अगाडि छन्।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

सम्बन्धित समाचार

Scroll to Top