महोत्तरीमा विषादी सेवनबाट एक जनाको मृत्यु, १ जनाकाे अवस्था गम्भिर

महोत्तरीमा विषादी सेवनबाट एक जनाको मृत्यु, १ जनाकाे अवस्था गम्भिर

नितेश यादव
१६ भदौ, जनकपुरधाम ।
महोत्तरीमा विष सेवनबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जनाको अवस्था गम्भीर छ । महोत्तरीको महोत्तरी गाउँपालिका–५ बस्ने ५५ वर्षीय सूर्यनारायण साहको विषादी सेवनले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

विषादी सेवनबाट बेहोश भएका साहलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको उनले बताए ।

त्यस्तै, बलवा नगरपालिका–११ बस्ने सुरेन्द्र महतोकी छोरी १४ वर्षीया आरतीकुमारीले आमाले गाली गरेको विषयलाई लिएर थाइमेड नामक विषादी सेवन गरेपछि उनी सिकिस्त भएकी छन् ।  उनको उपचार जनकपुरस्थित जानकी हेल्थ केयरमा भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको डीएसपी विष्टले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.