सीपीएल : सन्दीपको उच्च प्रदर्शनका बाबजुद जमैका पराजित

१७ भदौ, एजेन्सी ।
क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली नेल स्पिन सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले चौथो हार बेहोरेको छ । मंगलबार राती ब्रायन लारा स्टेडियममा भएको खेलमा जमैका ट्रीनबेगो नाइट राइडर्ससँग १९ रनले पराजित भएको हो ।

जितका लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको जमैका निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६५ रन बनायो । जमैका आन्द्रे रसेल २३ बलमा ५ चौका र ४ छक्कासहित ५० रनमा अविजित रहेपनि टोलीको हार टार्न सकेनन् । कार्लोस ब्रेथवेट १६ बलमा २ चौका र १ छकका सहित २१ रनमा अविजित रहे ।

सुनिल नारायणले पहिलो ओभरको पहिलो बलमै ओपनर चाडविक वाल्टनलाई खाता नखोली क्याच आउट गराउदै पेभेलियन फर्काए । दोस्रो ओभरको चौथो बलमा जर्मेन ब्ल्याकवुड ९ बलमा १२ रन जोड्दै बोल्ड आउट भए । उनलाई खारी पियरेले बोल्ड गरेका थिए । १६ औं ओभरको अन्तिम बलमा कुमा बोनर २६ रनमा आउट भए ।

Advertisement

ग्लेन फिलिप्स ३१ बलमा १ चौका र २ छक्का सहित ४१ रनको योगदान दिए । आसिफ अली ७ र कप्तान रोभमान पवेल २ रनमा आउट भए । राइडर्सका फवाद अहमदले सर्वाधिक २ विकेट लिए । खारी पियरे, अकील हुसेन, सुनिल नारायण र ड्वेन ब्राभोले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राइडर्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो । नाइट राइडर्सलाई बलियो योगफमा पुर्याउन कोलिन मुनरोले ५४ बलमा १० चौका र १ छक्का सहित ६५ रनको योगदान दिए । कप्तान काइरन पोलार्ड १६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३३ रनमा अविजित रहे । चौथो विकेटका लागि मुनरो र पोलार्डले ७३ रनको उत्कृष्ट साझेदारी गर्दै विशाल योगफमा पुर्याए ।

राइडर्सलाई ओपनर सुनिल नारायणले ११ बलमा ५ चौका र १ छक्का सहित २९ रन जोड्दै आक्रामक सुरुवात दिलाए । कार्लोस ब्रेथवेटले तेस्रो ओभरको चौथो बलमा विकेटकिपर ग्लेन फिलिप्सबाट नारायणलाई क्याच आउट गराएका थिए । दशौं ओभरको तेस्रो बलमा सन्दीपले अर्का ओपनर लेन्डल सिमन्सलाई २५ रनमा मुजिब उर रहमानबाट क्याच आउट गराए । सिमन्सले २८ बलमा २ छक्का प्रहार गरे ।

मुनरो र सिमन्सले दोस्रो विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए । तेस्रो विकेटका लागि मुनरोले टिम सिफर्टसँग मिलेर ३३ रन जोडे । सिफर्टलाई फिडेल एडवाड्र्सले १५ औं ओभरको दोस्रो बलमा सन्दीपको हातबाट १८ रनमा क्याच गराए । सिफर्टले १३ बलमा १ चौका र १ छक्का प्रहार गरे । सन्दीपले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । मुजिबले ४ ओभरमा २६ रन खर्चिदा विकेट लिन सकेनन् । फिडेल एडवाड्र्सले ४ ओभरमा ४८ रन खर्चेर १ विकेट लिए । कार्लोस ब्रेथवेटले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए । यो हारसँगै जमैका ७ खेलमा ४ मा हार र ३ मा जित सहित चौथो स्थानमा छ । ७ खेलमा १४ अंक जोडेको राइडर्स शीर्ष स्थानमा रहेको छ ।

सन्दीपको चार ओभर यस्तो रह्यो
आठौँ ओभरमा पहिलो ओभर बलिंग गर्न आएका सन्दीपले लगातार बनिरहेको रनमा अंकुश लगाउँदै ओभरमा मात्र ३ रन खर्चिए। ३ डट बल तथा ३ वटा १–१ रन दिएका सन्दिपलाई क्रिजमा जमेका कोलिन मुनरो र लेन्डल सिमोन्सले आक्रामक सट खेलेनन्।

लगत्तै स्पेलमा १० औं ओभर बलिंग गरेका सन्दीपले ओभरको दोस्रो बलमै ठुलो सफलता दिलाए। यस क्रममा उनले ओपनर लेन्डल सिमोन्सलाई क्याच आउट गराए। २५ रन बनाएका सिमोन्सले सन्दीपको अफ स्टम्प बाहिर रहेको लेग स्पिन बललाई अनसाइडमा ठुलो सट खेल्न खोज्दा ब्याकवार्ड पोइन्टमा क्याच आउट भए। मुनरो र सिमोन्स बीचको ४६ रनको महत्वपूर्ण साझेदारी तोड्दै सन्दीपले टिमलाई खेलमा फर्काए। ओभरको अन्तिम बलमा सन्दीपले गरेको लेग स्पिन मुनरोको ब्याटको भित्रि किनारा लागेर किपर पछाडी चौका गएको थियो। थोरै अन्तरले सन्दीपले मुनरोको विकेट ढाल्न चुके।

१२ औं ओभरमा सन्दिपले अझ उत्कृष्ट बलिंग गरे र मुनरोलाई बाँधेर राख्न सफल भए। तेस्रो बलमा सन्दीपले गरेको एलबिडब्लु अपिललाई अम्पायरले नकारे। ओभरमा सन्दिपले मात्र २ रन खर्चिए जुन क्रममा पहिलो ४ बल डट फालेका थिए।

१४ औं ओभरमा स्पेलको अन्तिम ओभर गर्न आएका सन्दीपलाई ओभरको दोस्रो बलमा टिम सेफर्टले चौका प्रहार गरे। त्यसबाहेक ओभरमा सन्दीपले राम्रो बलिंग गरे र ३ वटा डट बल फाले। स्पेलमा सन्दीपले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top