बहिर्गमन भिसाका लागि निवेदन दिन दूतावासको आग्रह

१७ भदौ ७७, बुधबार

योगेन्द्र योगी
१७ भदौ, दोहा ।
साउदी अरबबाट स्वदेश फर्किन चाहने अकामाको म्याद सकिएका र कम्पनीले हुरुप लगाएका÷कम्पनी छाडेकाहरुलाई (एक्जिट भिसा)का लागि निवेदन दिन साउदीस्थित नेपाली दूतावासले अनुरोध गरेको छ ।

Advertisement

साउदी अरब पुगेपछिनै अकामा नबनाइदिएका, पाँच महिनाभन्दा लामो समयदेखि अकामाको म्याद सकिएका र कम्पनीले हुरुप लगाएका÷कम्पनी छाडेकाहरुले स्वदेश फर्कनका लागि यो प्रकृयामा भाग लिन निवेदन दिन दूतावासल आग्रह गरेको छ ।

बहिर्गमन भिसाका लागि निवेदन दिँदा दूतावासमा पासपोर्टमा आफ्नो फोटो रहेको पाना, अकामा (पाँच महिनाभन्दा लामो समयदेखि सकिएको भएमा), अकामा नबनाएको भएमा साउदी जाँदा साउदीको एअरपोर्टमा अध्यागमन काउन्टरमा लेखिएको बोर्डर नम्बर (यस्तो नम्बर अरबी भाषामा पासपोर्टको पानामा लेखिन्छ) कागजपत्र दूतावासमा पेश गर्नुपर्ने जनाएको छ ।

Advertisement

दूतावासका अनुसार यो प्रकृया थालनी भएपछि यसअघि नै ७३८ जना नेपालीले यस्तो भिसा प्राप्त गरिसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top