१७ भाद्र, काठमाडौं ।
वीर अस्पतालको ओपीडी सेवा बन्द भएको छ ।
अस्पातलका १२ जना डाक्टर र १२ जना नर्ससहित ७१ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएकाले सेवा बन्द गरिएको अस्पतालका निर्देशक डाक्टर केदारप्रसाद सेन्चुरीले जानकारी दिए । उनका अनुसार सरसफाई लगायत अन्य कर्मचारीमा पनि कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
सङ्क्रमण फैलन थाले पछि अस्पतालले विज्ञप्ति निकालेर आज र भोलि दुई दिनका लागि अस्पतालको ओपीडी सेवा बन्द गरेको जनाएको हो । तर आकस्मिक सेवा, फेभर क्लिनिक, आइसीयू, इन्डोर सेवा, पीसीआर ल्याब र प्रशासनका सेवाहरु भने खुला रहने अस्पतालले जनाएको छ ।