टेकराज बन्जरा
विराटनगर,बैशाख १६ ः सानिमा लाईफ इन्सुरेन्सको विराटनगरमा ब्यबसायिक शाखा सञ्चालनमा आएको छ ।
शाखाको आज एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै अतिथीहरुले सानिमा इन्सुरेन्सको सफलताको कामना दिएका थिए ।
कार्यक्रममा सानिमा इन्सुरेन्स विराटनगरका शाखा प्रबन्धक सन्तोष आचार्यले ‘सबैका लागि जीवन बीमा र बीमा चाहि सानिमा’ भन्दै भबिष्यमा हुने वित्तीय जोखिम कम गर्न बीमाको महत्व रहेको बताए ।
उद्घाटन कार्यक्रममा हास्यकलाकार तथा ब्रान्ड एम्बेस्डर जीतु नेपाल,सानिमा इन्सुरेन्सका अध्यक्ष कुमार कोईराला, लगायतको उपस्थिति थियो ।