रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा वृद्धाश्रमलाई सहयोग

१६ भदौ ७७, बुधबार

१७ भदौ, विराटनगर ।

विश्वभर कोरोनाको कहर छ । यसबाट हामीपनि बन्चित हुन सकेका छैनौं । कोरोनाको संक्रमणका कारण ४ महिना लामो लकडाउन खेपेका नेपाली जनता अहिलेपनि विभिन्न स्थानमा स्थानीय सरकारहरुले लगाएको निषेधाज्ञामा आफूलाई घर भित्रै राख्न विवश छन् । कोरोनाले जताततै तहसनहस नै गरेको यो बेला हुने खाने भन्दा हुदा खाने र अरुको आशामा बाच्नेहरु अत्यन्त प्रभावित बनेका छन् ।

यस्तै प्रभावितहरुको दुःख साट्ने सानो प्रयास गरेको छ, रोटरी क्लब अफ विराटनगर डाउनटाउनले । विराटनगर–८ स्थित विराटेश्वर वृद्धाश्रम जहाँ घरबार, परिवार भएर पनि असाहय बनेका आमा बुवाहरुले आश्रय लिईरहेका छन् । सो विराटेश्वर वृद्धाश्रमको सेवा समितिलाई रोटरी क्लब अफ विराटनगर डाउनटाउनले खाद्यान्न तथा लत्ताकपडा हस्तान्तरण गरेको छ ।

बुधबार वृद्धाश्रममा रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वरिष्ठ सेवा (सर्भिङ सिनियर्स) कार्यक्रमको आयोजना गर्दै आश्रममा रहेका वृद्धवृद्धाहरुलाई खाद्यान्न, लत्ताकपडा, मास्क र रोगप्रतिरोधात्मक क्षमता वृद्धिका लागि आयुर्वेदिक औषधि लगायतका सामग्री वितरण गरेको हो ।

क्लबकी अध्यक्ष दिप्ती तोदीको सहभागितामा रोटरियन अर्चना तापरियाले आयोजना गरेको कार्यक्रममा क्लबकी सेक्रेटरी गिरिजा सारडाले वृद्धाश्रमलाई ५० केजी चामल, ६० केजी पिठो, १५ केजी दाल, २० लिटर तेल लगायतका खाद्यान्न सहयोग गरेको बताइन् । उनले आश्रममा रहेका सवै ५२ जना वृद्धवृद्धाहरुलाई लत्ताकपडा, मास्क पनि वितरण गरेको बताइन् ।

कोरोनाको महामारीका बेला बन्दाबन्दी र महँगाईका कारण आश्रमलाई खाद्यान्न तथा लत्ताकपडाको अभाव नहोस् र कोरोनाको जोखिम मोलेर बाहिर जान पनि नपरोस् भनेर आश्रमलाई सहयोग गरेको उनले बताइन् ।

कोरोना महामारीको सन्दर्भमा क्लबले आश्रमलाई लत्ताकपडा, खाद्यान्न, मास्क आदिको सहयोग गरेको प्रति आश्रमका संस्थापक जगतप्रसाद अर्यालले धन्यवाद ज्ञापन गरेका छन् । उक्त सहयोग सामग्रीले महामारीका बेला आश्रमलाई धेरै हदसम्म राहत मिलेको उनले बताए ।

क्लबले आगामी दिनमा कोरोनाको महामारी केही नियन्त्रणमा आएपछि आश्रममा नै स्वास्थ्य शिविरको आयोजना गरी सवै वृद्धवृद्धाहरुको स्वास्थ्य जाँच गराउने बताएको छ । क्लबले स्थापनादेखि नै सामाजिक उत्तरदायित्व वहन गर्दे यस्ता सामाजिक काम गर्दे आएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top