जनकपुरमा एकै कोखबाट चार बच्चाको जन्म, आमाकाे मृत्यु

नितेश यादव
१७ भदौ, जनकपुरधाम ।
धनुषाकी एक महिलाले एकै पटकमा ४ वटा बच्चालाई जन्म दिएकी छन् । धनुषाको विदेह नगरपालिका–७ जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले जनकपुरको काव्या अस्पतालमा मंगलबार राति एकैपटक चार वटा बच्चालाई जन्म दिएकी हुन् ।

Advertisement

शिशु जन्मिएपछि खातुनको भने मृत्यु भएको छ । फोक्सोमा पानी जमेर पलमन्ड्री एडिमा देखिएकोले डा. अजय यादवको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला जनकपुरमा पठाइएको डा. सिंहले जानकारी दिए ।

काव्या अस्पतालमा भर्ना भएकी अरमानाको प्रसूतिका लागि मंगलबार बिहान स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सोनिया सिंहले शल्यक्रिया मार्फत ती बच्चाहरु निकालेकी थिइन् ।

Advertisement

अरमानाले ३ छोरी र १ छोरा जन्माएकी छन् । शिशुहरु मध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको काव्या अस्पतालले जनाएको छ ।

शिशुहरु मध्ये ३ वटाको स्वास्थ्य अवस्था समान्य रहेपनि एक शिशुको अवस्था भने अस्थिर देखिएको डाक्टर एसके सिंहले जानकारी दिए । उनका अनुसार शिशुहरुको श्वासप्रश्वासमा कठिनाइ हुनसक्ने भएकाले केही साता विशेष स्वास्थ्य निगरानीमा अस्पतालमा राखिने छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top