बागलुङको ढोरपाटनमा बाढीले १० घर बगायो, १२ जना बेपत्ता

१८ भदौ ७७, बिहीबार
Share this
753shares

१८ भदौ, बागलुङ ।

Advertisement

बागलुङ–बागलुङको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ। बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो। अविरल वर्षासँगै गएराति १२ बजे आएको बाढीले घर बगाउँदा करिब १२ जना सम्पर्कविहीन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए।

‘रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने यकिन हुन सकेको छैन’, भण्डारीले फोनमार्फत भने, ‘अहिले उद्दारको काम भइरहेको छ, बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान छ।’

Advertisement

बाढीका कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए। उनले राति नै घटनास्थलमा प्रहरी परिचालन गरिएको भन्दै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको जानकारी दिए।

घटनाको विषयमा बुझ्न प्रमुख जिल्ला अधिकारीको टोली ढोरपाटन जान लागेको छ।रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top