परिवारमा खुुसी ल्याउने मुुस्कानको सपना

१७ भदौ ७७, बिहीबार

काठमाडौँ : वीरगञ्ज निवासी मुस्कान खातुनको जीवनमा ठीक एक वर्षअघि ठूलो सङ्कट आयो । एसिड प्रहारबाट उहाँका दुवै हात, छाती र अनुहारको दाहिने भाग जले । उहाँलाई २०७६ भदौ २० गते एसिड छ्यापिएको थियो ।

एक वर्षको अवधि निकै पीडामा बिते पनि खातुन अहिले साहस बोकेर केही गर्ने अठोटका साथ अगाडि बढ्नुभएको छ । मूच्र्छित अवस्थाबाट बचेर उहाँ प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना पीडा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष भन्न सक्ने हुनुभएको छ ।

तर खातुनको घाउ केही निको भए पनि अनुहारका दाग र मनभित्र गडेको पीडा भने ताजै छ । आफ्ना बुवा रसुल अन्सारी र उज्ज्वलविक्रम थापासहित मङ्गलबार अबेर प्रधानमन्त्री निवास पुग्नुभएकी खातुनले प्रधानमन्त्रीसँग आफ्ना भनाइ निर्धक्क साथ राख्नुभयो ।

Advertisement

प्रधानमन्त्रीसँगको भेटमा उहाँले एसिड प्रहार गर्नेलाई कडा सजाय हुनुपर्ने र कानुन कमजोर भएकाले एकदम कडा बनाउन माग गर्नुभयो । खातुनले भन्नुभयो, ‘‘प्रधानमन्त्रीज्यू, यो एसिड प्रहारको पीडा चाहिँ हामीले जीवनभर सहनुपर्ने तर अपराधी ठहरिएका चाहिँ खुलेआम हिँडिरहेका छन्, हाम्रो जस्तो पीडा अन्य दिदी–बहिनीले अब भोग्नु नपरोस्, अभिभावकले पनि सहनु नपरोस् ।’’

एसिड पीडितको सबै उपचार खर्च सरकारले दिनुपर्ने र अपराधी ठहर भएकालाई आजीवन काराबासको सजाय हुनुपर्छ भन्दै खातुनले एसिड पीडितले निःशुल्क पढ्न र श्रम गर्न चाहेमा रोजगारीको अवसर उपलब्ध गराउन प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले के भन्नुभयो भन्ने जिज्ञासामा खातुन भन्नुहुन्छ, ‘‘प्रधानमन्त्रीले मेरो अनुहार र दाग नियालेर हेर्नुभयो, मेरो एउटा कान नभएको देख्नुभयो, त्यो देखेपछि हाम्रो पीडाको अनुभूति पनि गर्नुभयो । प्रधानमन्त्री चिन्तित भएको मैलै पाएँ र कडा कानुन बन(ाउने वचन दिनुभयो, कडा कानुन बन्ने विश्वास मैले लिएकी छु ।’’

एसिड पीडितले आफ्नो पीडा जीवनभर सहनुपर्ने तर दोषी चाहिँ पाँचदेखि आठ वर्षमै जेलमुक्त हुने गरेका छन्, यो ठीक भएन भन्ने गुनासो पनि उहाँले त्यस क्रममा गर्नुभयो ।

उहाँलाई एसिड छ्याप्ने वीरगञ्ज–२, छप्कैयाका १७ वर्षीय सम्साद आलम र एसिड प्रहारका योजनाकार १७ वर्षीय माजिद आलमलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलायो । कोरोना सङ्क्रमणका कारण सम्साद आलम अहिले कारागारबाट बाहिर आइसकेका छन् भने माजिद मात्रै काराबासमा छन् ।, याे समाचार गाेरखापत्र दैनिकमा नारद गौतमले लेखेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top