×

NEPAL TIMES UPDATES

Playing
आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ? || Nepal Times
May 06, 2026
Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026
Playing
विश्वभर सकिँदै गए कम्युनिष्टहरू, जनताले किन पत्याउन छाडे ?|| Nepal Times
May 05, 2026
Playing
समुद्रमा फसेका ५ भारतीयलाई पाकिस्तानले गर्याे उद्धार|| Nepal Times
May 05, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-22-2083 || Nepal Times
May 05, 2026
Playing
विजयको विजय देखेर तीनछक्क, औँठी र ग्यास सिलिन्डरले कसरी बदल्यो नतिजा? || Nepal Times
May 05, 2026
Playing
किराँतीले नपत्याएका हर्कसंग अब कुलमानले पार्टी एकता गर्ने || Nepal Times
May 05, 2026
Playing
रुसमा न्यूक्लियर लिकः अब Putinले नछाड्ने,जापोरिजि‍यामा के भयो ? || Nepal Times
May 05, 2026
Playing
सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो|| Nepal Times
May 05, 2026
Playing
कुक र टाइपिस्टको बहानामा बन्धकः क्याम्बोडियामा नेपाली नै किन फस्छन् ?|| Nepal Times
May 05, 2026

मदिरा खाए करोना निको हुन्छ भन्ने अफवा फैलिएपछि…

१८ भाद्र २०७७

१८ भदाै, डाेटी ।

कोरोना सङ्क्रमणको त्रासका कारण जिल्ला नै आक्रान्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआमरुपमा मदिरा बिक्री वितरण भइरहेको छ । मदिराका कारण जिल्लाको सुरक्षा चुनौती पनि थपिँदै जान थालेको छ ।

Advertisement
Advertisement

मदिरा खाए करोना निको हुन्छ भन्ने अफवा फैलिएका कारण पनि चुनौती बढेको हो । यहाँ फैलिएको भ्रम र अन्धविश्वासका कारण गाउँघरमा मदिरा खपत बढेको स्थानीयवासी बताउँछन् ।

कोरोनाबाट जोगिन भन्दै मदिरा नपिउनेहरुले पनि हिजोआज मदिरा पिउन थालेको केआइसिंह गाउँपालिका–६ सेलेनाका स्थानीयवासी रमेशबहादुर बलायरले बताए । उनले भने, “मदिरा पिए कोरोना लाग्दैन भन्ने भ्रम चलाएका कारण गाउँमा मदिरा पिउने बढेका छन्, जसले गर्दा समाजमा अन्य घटनासमेत घट्न थालेका छन् ।” मदिरा नियन्त्रणका लागि यहाँको स्थानीय प्रहरी प्रशासनले थुप्रै प्रयास गरेपनि सफल हुन सकेको छैन ।

मदिराकै कारण जिल्लामा यो आर्थिक वर्षमा मात्रै एक दजर्न बढी घटना भएको प्रहरीको तथ्याङ्कमा छ । यहाँको स्थानीय प्रहरी प्रशासनले गाउँमा मदिराको बिक्रीवितरण तथा ओसारपसारलाई पूर्णरुपमा बन्द गर्ने निर्णय गरेपनि त्यो कागजमा मात्रै सिमित भएको छ भने गाउँमा झनै समस्या उत्पन्न हुन थालेको छ ।

गाउँघरमा हुने अधिकांश घटनाको प्रमुख कारण मदिरा भएपनि यहाँका गाउँमा बिक्रीवितरण हुने मदिरा रोक्न खासै कसैले पहल नगरेको स्थानीयको आरोप छ । मदिरा नियन्त्रणका लागि गाउँगाउँमा आमा समूह गठन भएपनि लुकी छिपी तथा कोरोनाबाट बच्न भन्दै मदिरा पिउनेहरु बढेका कारण रोक्न र नियन्त्रण गर्न नसकिएको ती समूहमा आबद्ध महिला बताउँछन् ।

जिल्ला सदरमुकामलगायत यहाँका ग्रामीण क्षेत्रमा बिना इजाजत खुलेआम रुपमा नियम बिपरित मदिरा बिक्रीवितरण भई रहेको दिपायलका स्थानीयवासी उत्तम द्धारीयाले बताए । उनले भने, “बजारदेखि गाउँसम्म बिना इजाजत खुलेआम मदिरा बिक्रीवितरण भइरहेको छ, रोक्नको साटो नेता नै पक्राउ परेका छुटाउन खोज्नछन्, त्यसले झनै चुनौती थपिएको छ ।”

मदिरा सेवनका कारण ठूलै घटना नभएपनि सामान्य घटनाहरु दैनिक जसो गाउँमा घट्न थालेको आदर्श गाउँपालिकाका स्थानीय योगेन्द्रबहादुर बोहराले बताए । उनले भने, “प्रहरीको सामुन्ने कसैले पनि मदिरा बेच्दैनन, प्रहरी नभएको बेला मदिरा बिक्री भइरहेको छ ।” यहाँका ग्रामीण क्षेत्रमा राजनैतिक दलका नेताको आडमा खुलेआम रुपमा मदिरा ओसारपसार हुने तथा बिक्रीवितरण हुने गरेको स्थानीयवासीको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार यो आर्थिक वर्षमा मदिरा सेवनसँग सम्बन्धित एक दर्जन बढी उजुरी परेका छन् । डोटीमा स्थानीय प्रशासनले मदिरा बिक्री गर्न इजाजत प्राप्त व्यापारीलाई बेलुकी ४ बजेदेखि ७ बजेसम्म मात्र मदिरा बिक्रीवितरण गर्न पाइने नियम लागु गरेपनि यहाँ अन्य समयमा समेत मदिरा कारोबार भइरहेको पाईएको छ ।

जिल्ला सदरमुकाममा मदिरा व्यवस्थित हुन नसकेपछि जिल्लाको ग्रामीण भेगमा खुलेआम अवैध मदिरा कारोबार हुने गरेको छ । बजारका गोदामबाट दैनिक जसो मदिरा गाउँघरमा बिक्रिवितरणका लागि जाने गरेपनि यहाँको प्रहरी प्रशासनले रोक्नेभन्दा पनि व्यापारीसँगको मिलेमतोमा गाउँ जान दिने गरेको स्थानीयको आरोप छ ।

Advertisement
Advertisement

उता जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रहरी प्रमुख तथा डिएसपी इन्द्रबहादुर मल्लले गाउँमा मदिरा कारोवार तथा बेचबिखन बन्देज गरेको दाबी गरे । उनले भने, “अबैध मदिरा कारोवारीलाई कारवाही सुरु गरेका छौँ, बन्द भन्नाले पूर्णरुपमा निर्मूल पार्न सकेका छैनौँ, पहिलेभन्दा अहिले मदिरा बेचबिखन नियन्त्रणमा आएको छ, अबैध मदिरा बन्द गर्नमा प्रहरी सक्रिय रुपमा लागेको छ ।”रासस

भर्खरको समाचार

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

सम्बन्धित खबरहरु

Scroll to Top