बाख्रा चराउन गएकी किशोरी बलात्कृत

नितेश यादव
१८ भदौ, जनकपुरधाम ।
धनुषामा बाख्रा चराउन गएकी एक किशोरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी एक १५ वर्षीया किशोरीमाथि बलात्कार भएको हो ।

सोमबार बिहान ९ बजे घरबाट करिब एक किलोमिटरको दूरीमा रहेको फूलबारीमा बाख्रा चराउन गएकी उनलाई घर फर्किने क्रममा मास्क लगाएर आएका एक युवकले झाडीमा लगेर बलात्कार गरेको पीडितको भनाइलाई उद्धृत गर्दै ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए ।

उनी घर जाने क्रममा बाटोमा अन्य दुईजना युवकले जिस्क्याएका थिए । त्यसको केही समय पछि नै मास्क लगाएर आएका युवकले जबरजस्ती करणी गरेको कार्कीले बताए । पीडित पक्षले घटनाबारे ईलाका प्रहरी कार्यालय ढल्केवरलाई जानकारी गराएपछि प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ३ जना युवकलाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीको भनाइ छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.