कोरोना जिते पनि समाजको डर

१८ भदौ ७७, शुक्रबार

चरीकोट (दोलखा) : सधैँ बिरामीको उपचारमा दत्तचित्त लागिरहने म शनिबार भने आफ्नै काममा व्यस्त थिएँ । करिब साढे ६ बजेतिर अकस्मात् कोरोना पोजेटिभ रिपोर्ट आयो भन्ने खबर सुनेँ ।

त्यतिञ्जेल गाउँमा मलाई कोरोना लागेको कुरा ‘एक कान, दुई कान मैदान’ भइसकेको रहेछ । कुनै लक्षण बिना नै कोरोना छ भन्ने खबरले मन भारी भयो । स्वास्थ्यकर्मी भएकाले कोरोना लागे पनि यसबाट बाँच्न सकिन्छ । भीमेश्वर नगरपालिका–२, फूलपाकी पङ्जु तामाङले यस्तै उच्च मनोबलका कारण अन्ततः कोरोना भाइरसलाई परास्त गर्नुभयो तर समाजमा विकसित भएको भेदभाव र छि–छि दुरदुर हटाउन भने धेरै कठिन भयो ।

भदौ ६ गते सङ्क्रमण पुष्टि भए पछिका दिन सम्झिँदा उहाँ आफूलाई आँसुमा परिणत गर्नुहुन्छ । बुधबार घर फर्कनुभएकी उहाँले कोरोना लागेको पुष्टि भएयता हरेक दिन गाउँ, समाजले आफ्नो परिवारलाई गरेको दुव्र्यवहारले सताउने गरेको बताउनुभयो ।

Advertisement

मेरी आमालाई धारामा पानी थाप्न र पसलमा नुन किन्नसमेत दिइएन । घरका परिवार बाटोमा हिँड्दा गाउँले टाढै रोकिनेदेखि फरक्क फर्केर अन्तै जाने सम्मका घटना सुन्दा यो कोरोनाभन्दा खतरा रोग गाउँ, समाजमा भित्रिएछ भन्ने लाग्यो । आज म कोरोना जितेर घर जाँदै छु तर त्यहाँको गाउँ, समाजले मलाई गर्ने व्यवहार कस्तो रहन्छ भन्नेमै पीर लागिरहेको छ –उहाँले गहभरि आँसु पार्दै भन्नुभयो ।

श्रीमान् वैदेशिक रोजगारीमा रहेको भए पनि पाँच वर्षीय छोरासहित परिवारमा बस्दै आउनुभएकी उहाँको परिवारका अन्य सदस्यको भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । पङ्जुलाई कोरोना देखिएपछि सँगै काम गर्ने अर्की स्वास्थ्यकर्मी विन्दिय श्रेष्ठ पनि एक हप्तासम्म पीडामै बस्नुभयो ।

Advertisement

साथीलाई कोरोना पोजेटिभ देखेपछि भीमेश्वर नगरपालिका–३, चरीकोटकी श्रेष्ठको स्वाब सङ्कलन गरी परीक्षण गर्न पठाएयता उहाँलाई बस्न, खान मुस्किल बनाए । गाउँ, समाजले कोरोना पुष्टि नहुँदै गाउँ, समाजमा हुर्कंदै गरेको निर्दयी व्यवहारले घरीघरी पीडा हुने गरेको उहाँले बताउनुभयो ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top