कतारबाट १४२ नेपाली स्वदेश फर्किए, संक्रमणको आशंकामा ११ जना आएनन्

१८ भदौ ७७, शुक्रबार

योगेन्द्र योगी
१९ भदौ, दोहा ।
कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपालीहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरण मार्फत १४२ जना नेपाली स्वदेश फर्किएका छन् ।

दोहाबाट काठमाडाैँका लागि उडेको हिमालय एयरलाइन्सको जहाजमा ७ महिलासहित १४२ जना नेपाली स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिए ।

सचीव भट्टराईले कोरोना संक्रमणको आशंका लागेका ११ जना नेपाली भने विमानस्थ नआएको बताएका छन् । उडानमा समावेश भएका सबै नेपालीले कोभिड – १९ परीक्षण गरी पीसीआर नेगेटिभ भएको प्रमाणपत्र सहित यात्रा गरेको उनले बताए ।

Advertisement

स्वदेश फर्कन लागेकाहरुको यात्रा सहजीकरण तथा बिदाईका लागि सचीव भट्टराई, नेपाली दूतावासका कर्मचारी लगायत नेपाली समुदायका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

यसैगरी, दूतावासका अनुसार हिमालय एयरलाइन्सको दोहा–काठमाडाँै सेक्टरका लागि सेप्टेम्बर ६, ८ र २३ तारिखमा गरी अझै ३ वटा उडान बाँकी रहेको जनाएको छ । कतारबाट कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किने नेपाली श्रमिकहरुको संख्या बढिरहेको दूतावासले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top