१० करोडकाे भेन्टिलेटर खरिदमा चलखेल भएकाे आशंका

१८ भदौ ७७, शुक्रबार

काठमाडौँ : कोरोना भाइरस (कोभिड–१९) संक्रमितका लागि भेन्टिलेटर खरिद गर्न बोलपत्र प्रकाशित गरेको सरकारले फिलिप्स कम्पनीको उत्पादनसँग मिल्नेगरी स्पेसिफिकेसन बनाएको फेला परेको छ। कोरोना फैलिँदै गएपछि बिरामीलाई थप भेन्टिलेटर आवश्यक परेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले एक साताअघि १० दिने सूचना निकालेको थियो।

विभागले १० करोड मूल्य बराबरका २२ वटा भेन्टिलेटरलगायत उपकरण खरिद गर्न खोजेको छ। महाशाखाले भेन्टिलेटर खरिदका लागि प्रकाशित गरेको बोलपत्रमा फिलिप्स कम्पनीको भेन्टिलेटर छानिनेगरी स्पेसिफिकेसन राखिएको हो। महाशाखा स्रोतका अनुसार यसका लागि फिलिप्स कम्पनीको क्याटलगबाट स्पेसिफिकेसन हुबहु सारिएको छ।

सार्वजनिक खरिद ऐनले कुनै वस्तु, सेवा तथा निर्माण कार्य खरिद गर्दा एक कम्पनीलाई मात्र मिल्नेगरी स्पेसिफिकेसन तयार गर्न बन्देज लगाएको छ। बजारमा अर्को विकल्प नभएको अवस्थामा बाहेक खरिदका लागि एउटै कम्पनीलाई मिल्नेगरी स्पेसिफिकेसन बनाउँदा भ्रष्टाचार हुन सक्छ। विभागले भेन्टिलेटर खरिदमा निकालेको बोलपत्र हेर्दा भ्रष्टाचार आशंका गर्ने आधार देखिन्छ।

Advertisement

महाशाखा स्रोतका अनुसार बोलपत्रको प्राविधिक स्पेसिफिकेसनमा भेन्टिलेटरको प्रकार (मोड), डिस्प्लेड प्यासेन्ट पारामिटर्स र अलार्मको प्राविधिक स्पेसिफिकेसन फिलिप्स कम्पनीको भेन्टिलेटरको क्याटलकबाट हुबहु सारिएको (कपी–पेस्ट गरिएको) हो। विभागको बोलपत्रमा राखिएको स्पेसिफिकेसन हेर्दा पनि फिलिप्सको क्याटलगबाट सारेको प्रस्ट देखिन्छ।,याे खबर नागरिक दैनिकमा छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

सम्बन्धित समाचार

Scroll to Top