एक हजारभन्दा बढी कन्टेनर ७ महिनादेखि केरुङमै अलपत्र

१८ भदौ ७७, शुक्रबार

काठमाडौँ : नेपाली व्यापारीले चीनका विभिन्न औद्योगिक सहरबाट मगाएका सामान सात महिनादेखि तिब्बतको केरुङमा रोकिएका छन्। एक हजारभन्दा बढी कन्टेनर सात महिनादेखि चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङमा रोकिँदा नेपाली व्यापारी मारमा परेका छन्। नेपाली व्यापारीका अनुसार गत पुसमा परेको हिउँ र त्यसपछि कोभिड महामारीलाई देखाएर तिब्बतको भन्सारले सामान क्लियर नगर्दा यस्तो अवस्था आएको हो।

बीच बाटोमै रोकिएका एक हजारभन्दा बढी कन्टेनरमा लत्ताकपडा, कम्प्युटर, फर्निचर, कच्चा पदार्थ, खाद्यान्न, इलेक्ट्रोनिक्स सामान, रेडिमेड गार्मेन्ट, जुत्ता–चप्पललगायत अर्बौं रूपैयाँका सामान छन्। ‘सात महिनादेखि अर्बौं मूल्यका एक हजार कन्टेनर सामान केरुङमा रोकिएका छन्,’ नेपाल हिमालयन सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलले भने, ‘रोकिएका ती सामान कहिलेसम्म आउँछन् भन्ने अझै निश्चित छैन।’

पौडेलका अनुसार बैंकबाट ऋण लिएर किनेका सामान बीच बाटोमा लामो समयसम्म अड्किएपछि व्यापारी चिन्तित छन्। ‘चीनबाट मगाएका सामान ट्रक र कन्टेनरमा छन्,’ पौडेलले भने, ‘धेरै सामान त बिग्रिसकेका होलान्।’ उनका अनुसार पुसमा हिउँको कारण कन्टेनर रोकिए। त्यसपछि चीनमा कोरोना संक्रमण भयो। चैतदेखि नेपालमा पनि बन्दाबन्दी र नाका बन्द भएपछि सामान ल्याउन सकिएन। पछिल्लो समय चीनले सीमानाकामा कडाइ गरेका कारण समाना ल्याउन कठिनाइ भएको हो। चीनमा कोरोना देखिएपछि केही समय रसुवागढीका स्थानीयले सामान ल्याउन अवरोध गरेका थिए।

Advertisement

सामान रोकिएका व्यापारीमध्येका एक शुभदीप इन्टरनेसनल बिजनेस प्रालिका प्रोपाइटर रामचन्द्र पराजुलीका अनुसार सात महिनाअघि उनका सामान लिएर चीनबाट हिँडेका १० कन्टेनर अहिलेसम्म रसुवा भन्सार नजिकै तिब्बतको केरुङमा अड्किएका छन्। लत्तकपडा, कम्युटरलगायत सामान माघदेखि केरुङमा रोकिएको जानकारी पराजुलीले दिए।, याे खबर नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

सम्बन्धित समाचार

Scroll to Top