कोरोनामा प्रयोग हुने जडिबुटीको अनुशन्धान गर्नुपर्छः विज्ञ

१९ भदौ, काठमाडौँ ।
कोभिड १९ संक्रमण नियन्त्रणमा प्रभावकारी काम हुन नसके एक महिना भित्र काठमाडौं उपत्यकाको स्थिति नियन्त्रण बाहिर जान सक्ने स्वास्थ्य विज्ञहरुले बताएका छन् । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकारबाहीको अनुगमन गर्न गठित उपसमितिको शुक्रबारको बैठकमा उपस्थित विज्ञहरुले स्वास्थ्यकर्मीले अहिले कै स्थितिमा काम गर्नुपरे एक महिना भित्रमा काठाडौंको उपत्यकामा कोभिड संक्रमण नियन्त्रण बाहिर जान सक्ने बताएका हुन् ।

जनस्वास्थ्य विज्ञ कार्यकारी प्रमुख डा. महेश मास्केले चिकित्सक र नर्सहरुको जायज मागहरु पुरा गरी उत्प्रेरित गर्नुपर्नेमा सरकारले न्यूनतम स्वास्थ्य सामग्री समेत उपलब्ध नगरेर हेलचेक्रयाई गरिरहेको बताए । न्यूनतम स्वास्थ्य सामग्र्री उपलब्ध गराउन नसक्ने सरकारले कोभिड नियन्त्रणमा छ भनेर कसरी भन्न सक्यो भन्दै प्रश्न समेत गरे । उनले यही गतिमा काम भइराख्ने हो भने अवको एक महिना भित्रमा काठमाडौं उपात्यकाको स्वास्थ्य स्थिति नियन्त्रण भन्दा बाहिर जाने बताए ।

जनस्वास्थ्य विज्ञ प्रा. डा. सुजनबाबु मरहठ्ठाले स्वास्थ्य निकाय र स्वास्थ्यकर्मीलाई कसरी सुरक्षित राख्ने र मनोबल कसरी बढाउने भन्ने पक्षमा व्यवस्थापन गर्न नसके भयाभह स्थिति आउनसक्ने बताए । समुदाय स्तरमा संक्रमण रोक्न नसकेको अवस्थामा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण फैलने स्थिति आए संकट आउन सक्ने उनले बताए ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले स्वास्थ्य संस्थाहरुमा नै कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि तयार भएको आधारभूत मापदण्डको पालना नभएको बताए । कतिपय अस्पतालमा विरामी आउँदैनन भन्दै पीसीआर परीक्षण नै नगरेको पनि उनले बताए । यसबाहेक मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, दुरी कायम गर्ने, पीपीईको प्रयोग राम्रोसँग गर्ने लगायतका काम अझैपनि हुन नसकेको उनले बताए । सरकारले आवस्यक अनुगमन नगर्दा अस्पतालहरुले कोभिड रोकथामको मापदण्ड कार्यान्वयन नगरेको उनको भनाई छ ।

आयुरवेदिक तथा वैकल्पिक चिकित्साका महानिर्देशक डा. वासुदेव उपाध्यायले कोभिडबाट त्रसित भई घरमा बस्ने र जडिबुटी खाएका नेपाली भन्दै बाहिर निस्कने प्रवृतिले समस्या आएको बताए उनले परप्परागत रुपमा एन्टीभाइरल औषधिको रुपमा प्रयोग हुँदै आएका जडिबुटी सम्बन्धमा अनुसन्धान हुनुपर्ने बताए । कोरोनासँगै जिउनको लागि के खाने भन्ने सम्बन्धमा अनुसन्धान हनुपर्ने पनि उनको भनाई छ । नेपालीहरुको भान्सामा प्रयोग हुने मसला तथा अन्य खाद्य जडिबुटी सम्बन्धमा पनि अनुसन्धान हुनुपर्ने आवस्यकता रहेको उपाध्यायले बताए ।

पछिल्लो समय उपत्यका लगायतका विभिन्न जिल्लामा समुदाय स्तरमा संक्रमण फैलन थालेपछि स्थानीय जिल्ला प्रशासन कर्यालयबाट निषेधाज्ञा जारी हुँदै आएकोछ । यस्तो अवस्थामा कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामकारबाहीको सम्बन्धमा आज शिक्षा तथा स्वास्थ्य समितिद्धारा गठित उपसमितिको बैठकमा छलफल भएको हो । छलफलका क्रममा विज्ञहरुले अहिले अवलम्बन गरिएको रोकथामको विधिहरुले संक्रमणलाई नियन्त्रणमा राख्न नसक्ने भन्दै अझ प्रभावकारी रुपमा काम गर्न सुझाव दिएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top