पुल्चोकको झडपमा खटिएका १८ प्रहरीमा कोरोना पुष्टि

२० भदौ, काठमाडौँ ।
बिहीबार ललितपुरको पुल्चोकमा रथ तान्ने क्रममा झडप हुँदा खटिएका १८ प्रहरीमा कोरोना पुष्टि भएको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोमा ९ जनालाई कोरोना संक्रमण देखिएपछि बुधबार ६८ जनाको स्बाव संकलन गरिएकोमा प्रहरी निरीक्षकसहित १८ जनाको रिपोर्ट कोरोना पोजिटिभ आएको हो ।

रथ तान्ने क्रममा झडप भएपछि वृत्तका डीएसपी मित्रबन्धु शर्माको नेतृत्वमा स्वाब दिएका प्रहरीहरु झडप स्थल पुगेका थिए ।डीएसपी शर्माले भने– ‘स्वाब नदिएका म सहितको टोली झडप नियन्त्रणतर्फ लागेँ, स्वाब दिएका इन्स्पेक्टरसहितको अरु टोली व्याक फोर्समा राखेको थिएँ । उनीहरुलाई झडपमा प्रयोग गरेनौं।’

रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवालाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । उनले स्वाब दिएका टिमलाई प्रयोग नगरेको बताए पनि शुक्रबार पोजिटिभ देखिएका प्रहरी निरीक्षक भने घाइते भएका थिए । उनको खुट्टामा चोट लागेको थियो । सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top