बाग्लुङको भुजिखोलाको बाढीले १७१ वटा भौतिक संरचना बगायो

१९ भदौ ७७, शनिबार

२० भाद्र, बागलुङ ।
बागलुङको ढोरपाटन नगरपालिका भुजिखोलामा आएको बाढीले एक सय ७१ वटा भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

४१ जना मानिस बगाएको बाढीले घर, विद्यालय, जलविद्युत स्वास्थ्य संस्था, झोलुङ्गे पुल लगायतका भौतिक संरचना बगाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बाढीले बगाएका ४१ जनामध्ये तीन जना सम्पर्कमा आएका, १४ जनाको शव भेटिएको र २४ जना अझै हराइरहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

ढोरपाटन नगरपालिका–७, ८ र ९ नम्बर वडाका गाउँलाई उजाड बनाएको भुजीखोलाले सबैभन्दा बढी क्षति वडा नम्बर ९ मा पुर्‍याएको छ । भुजीखोला आसपासको फल्लेघर, सुपराङ, भुसुन्डे, सिदु, घट्टेबोट, सेरावाङ, दुनापढेरा, सुकुरर्दुङ, सप्राङ र लाखुरीबोटमा बढी क्षति भएको छ ।

ढोरपाटन नगरपालिका–९ देउरालीडाँडाबाट खसेको पहिरो खोलामा झर्दा बाढीमा परिणत भई बस्तीमा पसेको थियो । बाढीका कारण ढोरपाटन–९ मा जम्मा ७३ घर र ढोरपाटन–८ मा १० घरमा पूर्ण क्षति भएको छ भने ४८ घरमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ । पूर्ण तथा आंशिक रुपमा क्षति भएका घरबाट पाँच सय १८ जना विस्थापित भएका छन् ।

एक सय ३१ घरसहित ११ लघु जलविद्युत, एउटा स्वास्थ्य एकाइ, ११ वटा झोलुङ्गे पुल, पाँचवटा ढलान पुल, दुई विद्यालय र १० वटा काठे पुल गरी १७१ भौतिक संरचनामा क्षति पुर्‍याएको ढोरपाटन नगरपालिकाले जनाएको छ ।(रासस)

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top