२० भाद्र, बीरगन्ज ।
बारा र पर्सामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा विभिन्न ठाउँका १८ जना संक्रमित थपिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । उनका अनुसार १८ जना संक्रमितमध्ये पर्साका ६ जना र बाराका १२ जना रहेका छन्।
जसमा पर्साको पर्सागढी नगरपालिका र नबिल बैंक वीरगन्ज शाखामा तीन कर्मचारीमा कोरोना पुष्टि भएको छ । यस्तै जितपुर सैनिक ब्यारेकका तीन सैनिक, जिल्ला प्रहरी कार्यालय बाराका तीन प्रहरी र सिम्रौनगढ नगरपालिकाका ६ जना गरी कूल १२ जनामा कोरोना पुष्टि भएको हो ।