डडेल्धुरामा ‘एक्सपर्ट एक्सप्रेस’ विधिबाट एक घण्टामै कोरोनाको रिपोर्ट

२० भदौ ७७, शनिबार
Share this
718shares

२० भाद्र, डडेल्धुरा ।
डडेल्धुरा अस्पतालमा स्थापना भएको कोरोना परीक्षण प्रयोगशालामा एक घण्टामै कोरोना भाइरसको संक्रमण परीक्षण हुने भएको छ।

Advertisement

ल्याबमा ‘एक्सपर्ट एक्सप्रेस’ विधिबाट एक घण्टामै कोरोनाको रिपोर्ट आउने प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए। ‘कुनै मृतकको अथवा गम्भीर घाइते भएका बिरामीको कोरोना परीक्षण गर्नुपरे उक्त विधि प्रयोग गरिन्छ’ उनले भने, ‘यो सुविधा सुदूरपश्चिममा अन्त कतै छैन, हामी स्वाब नमुना पुगेको एक घण्टामै रिपोर्ट दिन सक्छौं।’

उक्त मेसिनबाट हालसम्म मृतक र गम्भीर बिरामी गरी ७ जनाको परीक्षण भएको प्रयोगशाला इन्चार्ज भुसालले बताए। डडेल्धुरा अस्पतालले उक्त सुविधा सुरु गरेपश्चात् मृतकका आफन्तलाई अन्तिम संस्कार गर्न तथा गम्भीर बिरामीको शल्यक्रिया गर्न चिकित्सकलाई सहज हुने भएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top