यूएईबाट काठमाडौँ फर्किने टिकटमा कालोबजारी

२१ भदौ ७७, आइतबार

योगेन्द्र योगी
२१ भदौ, दोहा ।
संयुक्त अरब इमिरेट्स (यूएई) बाट काठमाडौँका लागि तोकेको नियमित उडानको भाडादरमा टिकट नपाएको भन्दै यूएईबाट स्वदेश फर्कन लागेका नेपालीहरुले गुनासो गरेका छन् । यसअघि सरकारले चार्टर उडानको भाडादर १४५० दिराम तोकेको थियो । अहिले नियमित उडानमा सहजरुपमा टिकट पाउन छाडेपनि महँगो शुल्क तिर्दा जति पनि टिकट पाइने गरेको एक नेपालीले बताएका छन् ।

Advertisement

उनीहरुका अनुसार ट्राभल एजेन्सीमा गएर बुझ्दा सस्तोमा २२ सय देखि ३५ सय दिरामसम्म टिकटको मुल्य रहेको एजेन्सीहरुले बताउने गरेका छन् । त्यो पनि ट्राभलमा टिकट नपाइने तर, यूएईको नेपाली होटल, किराना पसल तथा कार्गाे अफिसमा जति पनि टिकट पाउने गरेको त्यहाँबाट स्वदेश फर्कन टिकटको खोजीमा भौतारिरहेका नेपालीहरु बताउँछन् । नेपाल सरकारले नियमित उडान खुलेको भनेर जनताको आँखामा छारो मात्र हालेको छैन पुरै भ्रममा पारेको भन्दै प्रबासी नेपालीहरुले आक्रोश पोखेका छन् ।

नियमित उडान भएका मुलुकहरुबाट कोभिड १९ परीक्षण नेगेटिभ प्रमाण भएका यात्रु सिधै घर जान मिल्ने गरि शर्त राखेपनि सरकारले किन क्वारेन्टाइनको अभाव देखाएर ८ सय जना मात्र आउन मिल्ने भन्दै रोक्यो भनी प्रश्न गरेका छन् । सरकारले कमिसनको खेलमा एकातिर केही फ्लाइटलाई मात्रै अनुमति दिने र अर्का तिर कोटा संख्या तोकेर जनतालाई अझै थप समस्यामा पारेकोमा प्रबासी नेपालीहरु आक्रोशित भएका छन् । यूएईको दुबईस्थित भोल्ट्रासन, ट्रान्सगार्ड , इमिरेट्स लगायत विभिन्न ठूला कम्पनीहरुले आफ्नै खर्चमा सबैलाई कोरोना परीक्षण गरि नेपाल पठाउन तयार भए पनि ट्राभलहरु बाट टिकट लिदा अत्यन्तै महँगो पर्ने अनि भने जति टिकट पनि नपाउने एनआरएनए यूएईले जनाएको छ । त्यस्तै महँगैमा कम्पनीले चार्टर गरेर पठाउन तयारी गरे पनि नेपाल सरकारको ८ सय जना मात्र आउन पाउने नियमले चार्टर अनुमति नपाएर कम्पनी भित्रै थप नेपाली श्रमिकहरु अलपत्र पर्न थालेको  जनाएको छ ।

Advertisement

यूएईमा भिसा सकिएको , भिसा क्यान्सिल भएकाहरुको जरिवाना लाग्न सुरु भइसकेकाले अझै थप समस्या हुन थालेको उनीहरुले बताएका छन् । यसघि पनि जरिवाना तिर्न नसकेर १७ नेपाली स्वदेश फर्कन सकेका थिएनन् । यूएईस्थित नेपाली दूतावासका अनुसार हालसम्म दूतावासमा नेपाल फर्कन चाहने नेपालीको संख्या ४५ हजार भन्दा बढी रहेको छ । अहिले करिब १७ हजार नेपाली नेपाल फर्किसकेका छन । साउदीस्थित नेपाली दूतावास रियादमा नाम रजिस्टर गरि स्वदेश फर्कन प्रतिक्षारत नेपालीहरु धेरै भएको हुनाले टिकट लिन आउनेको भिड कन्ट्रोल गर्न हम्मेहम्मे परेको त्यहाँस्थित नेपाल एयरलाइन्सको कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top