२२ भदौ, ताप्लेजुङ । ताप्लेजुङ सिरिजंघा गाउँपालिका-४ का दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा ३० बर्षीय राजु लिम्बु र ५५ बर्षीय विष्णुदास थेवे रहेका छन् ।
गए राती परेको अविरल वर्षाको कारण सोही स्थानमा रहेको निर्माणधीन नागदेवा लघु जलविधुत् आयोजनाको पावर हाउस भवन समेत माथीबाट झरेको पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
सोही आयोजनाको पावर हाउसमा लिम्बु र थेवे अप्रेटरको काम गर्दै आएका थिए । पावर हाउसमै रहेको अवस्थामा पहिरोले पावर हाउस बगाउँदा उनीहरुको पनि पुरिएर मृत्यु भएको हो ।
घटनास्थलमा खटिएको प्रहरी टोलीले शव निकालेको र कानुनी कारबाही भईरहेको जनाएको छ ।