राष्ट्रपतिको विज्ञ सल्लाहकारमा टीका ढकाल नियुक्त

२२ भदौ, काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो विज्ञ सल्लाहकारमा टीका ढकाललाई नियुक्त गरेकी छिन् । ढकाललाई ‘सूचना र सञ्चारसहित तोकिएको जिम्मेवारी पूरा गर्ने गरी’ नेपाल सरकारको राज्यमन्त्री सरहको विज्ञ पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

पाँचथरको आरूबोटेमा जन्मिएका ढकाल हाल भक्तपुर बस्दै आएका छन् । युवा अध्येता ढकालले त्रिविबाट अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन् । उनी २०५० देखि २०५५ सालसम्म आरुबोटे माविमा स्थायी शिक्षक थिए । स्थायी जागिर छाडेर स्नातकोत्तर अध्ययनको लागि काठमाडाैँ आएका टीका ढकालले त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी र राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । ढकालले अमेरिकाबाट द्वन्द्व व्यवस्थापनमा समेत स्नातकोत्तर गरेका छन् । ढकालले अहिले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्दैछन् ।

विज्ञ सल्लाहकार ढकालले सार्क विकास कोष, युरोपेली शान्ति संस्थालगायतका निकायमा काम गरिसकेका छन् । ढकाल माओवादी शहीद परिवारका सदस्यसमेत हुन् । उनका भाइ मोहनप्रसाद ढकाल ०५८ साल कात्तिक ६ गते पाँचथरको आरुबोटेमा सुरक्षाकर्मीद्वारा मारिएका थिए ।

Advertisement

अहिले राष्ट्रपतिका विज्ञ सल्लाहकारमा लालबाबु यादव र लक्ष्मी कार्की मात्र थिए । ढकालको नियुक्तिपछि विज्ञ सल्लाहकारको संख्या तीन पुगेको छ ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top