धनी रामकोरी
२२ भदौ, कपिलवस्तु ।
रौतहटका विजय राम र निरञ्जन रामको हत्यारालाई कारवाही गर्न माग गर्दै कपिलवस्तु दलित नागरिक समाजले प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेललाई ज्ञापनपत्र बुझाएको छ । समाजले पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
बुद्धपद्म माध्यमिक विद्यालय देखि कपिलवस्तु जिल्ला प्रशासन कार्यालय सम्म शान्ति पूर्ण र्याली निकालेर ज्ञापनपत्र बुझाइएको छन् । दलितहरु माथि दिनप्रतिदिन बलात्कार , हिंसा जस्ता घटना बढी रहेको भन्दै दलित अधिकारकर्मीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
रौतहटका विजय राम र निरञ्जन रामको हत्यारालाई पक्राउ गरी कडाभन्दा कडा कारवाही गर्न उनीहरुले ज्ञापनपत्र मार्फत माग गरेका छन् ।