कतारबाट हिमालय एयरलाइन्स मार्फत १४५ नेपाली स्वदेश फर्किए

२४ भदौ, दोहा । कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरूमध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरण मार्फत ३५ औं उडानबाट १४५ जना नेपाली स्वदेश फर्किए छन् ।

Advertisement

दोहाबाट काठमाडौंका लागि हिमालय एयरलाइन्सको ९५६३२ उडानमार्फत उनीहरु स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिए ।

दूवै उडानमा समावेश भएका सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरूले कोभिड -१९ परीक्षण गरी पीसीआर नेगेटिभ भएको प्रमाणपत्रसहित यात्रा गरेको सचीव भट्टराईले बताए ।

Advertisement

स्वदेश फर्कन लागेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको यात्राको समन्वय, सहजिकरण तथा बिदाईका लागि दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

यसैगरि, दूतावासका अनुसार नेपाल एयरलाइन्सको दोहा(काठमाण्डौ सेक्टरका लागि भोली उडान गर्ने छ भने हिमालय एयरलाइन्सले आगामी सेप्टेम्बर २३ तारिखका लागि उडान गर्ने तय भएको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top