चितवनमा १८ महिने बालकसहित थप ११ जनामा कोरोना संक्रमण

२४ भदौ ७७, बुधबार
Share this
694shares

२४ भदौ, चितवन । चितवनमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

भरतपुर अस्पताल प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका ९ र माडीका २ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन् ।

कोरोना पोजेटिभ देखिनेहरू १८ महिने बालकदेखि ५४ बर्ष सम्मका छन् ।

Advertisement

भरतपुरमा पुष्टि भएकाहरूको नमुना भरतपुर अस्पताल स्वाब संकलन केन्द्र र पुरानो मेडिकल कलेज तथा माडीमा क्वारेन्टिनबाट संकलन गरिएको थियो।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलकाअनुसार मंगलबार राति १२ बजेसम्म २५७ वटा नमुना परीक्षण गरिएकोमा सिन्धुपाल्चोकका एक जनासहित १२ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top