अफगानिस्तानका उपराष्ट्रपति सालेहलाई लक्षित गरी बम आक्रमण, अंगरक्षकसहित १० जनाको मृत्यु

२४ भदौ, एजेन्सी । अफगानिस्तानका उपराष्ट्रपति अम्रुल्लाह सालेहलाई लक्षित गरी बम आक्रमण गरिएको छ।

बुधबार बिहान राजधानी काबुलमा उपराष्ट्रपति सालेहलाई लक्षित गरी भएको आक्रमणमा उनका अंगरक्षकसहित १० जनाको मृत्यु भएको छ । आक्रमणबाट सालेह भने बाँच्न सफल भएको बिबिसीले जनाएको छ ।

अफिस जान लागेका बेला भएको आक्रमणबाट अफगानी इन्टिलिजेन्स सर्भिसका पूर्वप्रमुख समेत रहेका सालेहलाई सामान्य चोट पटक लागेको छ ।

Advertisement

आक्रमण पछि पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो हातमा सामान्य जलन भएको बताएका थिए । बम बिस्फोटपछि कालो धुँवा आकाशमा उडेको भिडिओ स्थानीयहरूले खिचेका छन्।

Advertisement

अफगान अधिकारी र विद्रोही समुह तालिवानबीच आधिकारिक वार्ताको तयारी भइरहेका बेला उच्च सरकारी अधिकारीलाई लक्षित गरी बम आक्रमण भएको हो।

उपराष्ट्रपति सालेह तालिवान विरोधीका रूपमा चिनिन्छन्। यद्यपी आजको आक्रमण तालिवानले नै गरेको हो भन्ने एकिन भइसकेको छैन। अफगान अधिकारी र तालिवानबीच कतारको दोहामा वार्ता हुने बताइएको छ। मितिको भने टुंगो लागिसकेको छैन।

यसअघि दोहामै अमेरिकाले तालिवानसँग शान्ति सम्झौता गरेको थियो। ओसामा विन लादेनले ट्वीन टावरमा आक्रमण गरेपछि अमेरिकाले तालिवानविरूद्ध युद्ध छेडेको थियो। झन्डै दुई दशकसम्म अमेरिकी सैनिकले अफगानिस्तानमा लडाइँ गरे पनि तालिवानलाई निमिट्यान्न पार्न नसकेपछि राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै सैनिकहरू फिर्ता लैजान चाहन्छन्।

त्यही प्रक्रियाका लागि अमेरिकाले तालिवानसँग वार्ता गरेको हो। अफगान सरकारसँग वार्ताको वातावरण बनाउन सरकारले जेलमा रहेका तालिवानहरूलाई छोड्नु पर्ने र तालिवानले पनि आक्रमण नगर्ने समझदारी बनेको थियो ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top